धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्।
मृतकका आफन्तका अनुसार छिमेकी महेश श्रेष्ठले कुकुर मरेको विषयलाई लिएर रिस राखी चौधरीमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
चौधरीको घरको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेर मारेपछि विवाद उत्पन्न भएको थियो। परिवारका सदस्यका अनुसार श्रेष्ठले राति सुतिरहेका चौधरीलाई मरेको कुकुर देखाउने बहानामा आफ्नो घरमा बोलाएको थिए।
लामो समयसम्म चौधरी घर नफर्किएपछि आफन्तहरू खोज्दै जाँदा चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा फेला परेको थिए।
मृतककी श्रीमती रूपा चौधरीले आफ्ना पति सिँढीको तल ढलेको अवस्थामा भेटिएको र शरीरमा चोटपटक तथा निलडाम देखिएको बताउँदै कुटपिट गरेर हत्या गरिएको आरोप लगाए।
उनकाअनुसार आफू र छोरा घटनास्थल पुग्दा महेश श्रेष्ठ र उनकी आमाले चौधरीको शरीरमा पानी र बरफ हालिरहेका थिए।यता श्रेष्ठ परिवारले भने चौधरी सिँढीबाट लडेर बेहोस भएको दाबी गरेको छ।
महेश श्रेष्ठकी आमा सुमित्रा श्रेष्ठले कुटपिट नभएको बताउँदै छतमा मरेको कुकुर हेरेर तल झर्दै गर्दा चौधरी लडेको र होसमा ल्याउन पानी तथा बरफ प्रयोग गरिएको जानकारी दिए।
बेहोस अवस्थामा फेला परेका चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको र सत्यतथ्य खुल्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार कुकुरसम्बन्धी विवादबारे प्रहरीमा पूर्व जानकारी भने आएको थिएन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: