काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूका चार प्रमुख छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमहरूमा “वैशाखको शुल्क तिर्नु पर्दैन” वा “नि:शुल्क हुन्छ” भन्ने प्रचार फैलिएकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरूले यस्तो सूचना भ्रामक र निराधार भएको बताएका हुन्। शुक्रबार जारी संयुक्त विज्ञप्तिमा अभिभावक तथा सरोकारवालालाई यस्ता तथ्यहीन हल्लामा नपर्न आग्रह गरिएको छ।
प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले जारी गरेको विज्ञप्तिमा निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त गरी शिक्षा ऐन, नियमावली तथा स्थानीय तहका कानुनअनुसार सञ्चालन भइरहेको उल्लेख छ। शुल्क निर्धारण पनि प्रचलित कानुनकै आधारमा हुने उनीहरूको भनाइ छ।
विद्यालयलाई एकपक्षीय र नकारात्मक रूपमा प्रस्तुत गर्दा विद्यार्थीहरूको मनोबल तथा सिकाइ उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भन्दै सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन्।
शुल्क संरचनाबारे स्पष्ट पार्दै विज्ञप्तिमा भर्ना शुल्क (एक महिनाको पढाइ शुल्क बराबर), मासिक पढाइ शुल्क (१२ महिना) र वार्षिक शुल्क (दुई महिनाको पढाइ शुल्क बराबर) लाग्ने उल्लेख गरिएको छ। साथै, कानुनले तोकेका अन्य शुल्कहरू पनि लागू हुने जनाइएको छ।
यस अतिरिक्त, भोजन, यातायात र विशेष प्रशिक्षण जस्ता सेवा उपयोग गरेमा त्यसका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ।
निजी विद्यालयहरूले कुनै सरकारी अनुदान वा दातृ निकायको सहयोग बिना सञ्चालन हुनुपर्ने भएकाले शिक्षक–कर्मचारीको पारिश्रमिक र भौतिक पूर्वाधार व्यवस्थापनको खर्च शुल्कबाटै धान्नुपर्ने बाध्यता रहेको सञ्चालकहरूले बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “वैशाख महिनामा लाग्ने शुल्कहरू यथावत् रहनेछन्। कुनै शुल्क तिर्नु पर्दैन भन्ने जस्ता भ्रामक प्रचारको भ्रममा नपर्न हामी अभिभावकज्यूहरूलाई आग्रह गर्दछौँ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: