तनहुँ। सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका पालिकाले आफ्नै समयतालिका लागू गरेका हुन् ।
संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै यहाँका अधिकांश पालिकाले सङ्घीय निर्देशन पर्खनुभन्दा अघि बढेर विद्यालय सञ्चालनको निर्णय गरेका छन् ।
व्यास नगरपालिकाले वैशाख ३ गतेदेखि भर्ना अभियान सुरु गरी ७ गतेदेखि नै नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले विज्ञप्तिमार्फत शैक्षिक सत्रलाई व्यवस्थित बनाउन र विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन यस्तो निर्णय गरिएको जानकारी दिए। नगरपालिकाले सङ्घीय सरकारले तोकेका अन्य शैक्षिक कार्यक्रम भने १५ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यस्तै, आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेदेखि नै भर्ना र पठनपाठन सुरु गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संविधान र प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्दै कार्यपालिकाको निर्णयअनुसार शैक्षिक क्यालेन्डर लागू गरिएको बताए।
बन्दीपुर गाउँपालिकाले पनि भर्ना अभियान र पठनपाठन सुरु गरिसकेको छ भने भानु नगरपालिकाले समेत छिट्टै विद्यालय सञ्चालनको तयारी गरेको छ ।
स्थानीय तहले स्वायत्त अधिकारको अभ्यास गरे पनि सङ्घ र स्थानीय तहबीचको फरक समयतालिकाले शैक्षिक क्षेत्रमा केही अन्योल समेत सिर्जना गरेको छ । फरक–फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरू रनभुल्लमा परेका छन् । कतिपय विद्यालय सञ्चालनमा आइसकेका छन् भने कतिपय विद्यालय अझै सङ्घीय सरकारको निर्णय कुरेर बसेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: