Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

गुण्डागर्दीविरुद्ध प्रहरीको कडा अभियान, १ हजार बढी व्यक्तिको प्रोफाइल तयार

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गरेको प्रहरीले संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पार्न थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार भइसकेको छ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार तयार पारिएका प्रोफाइलमा गुण्डागर्दीमा संलग्न व्यक्तिसँगै अन्य आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू पनि समेटिएका छन्। विगतमा गुण्डागर्दीको आवरणमा विभिन्न गैरकानुनी गतिविधिमा संलग्न भएका, पटक–पटक पक्राउ परेका, मुद्दा खेपेका तथा सामाजिक सञ्जालमार्फत समूह विस्तार र प्रचारमा सक्रिय व्यक्तिहरूलाई समेत सूचीमा राखिएको छ।

प्रहरीले यस्ता व्यक्तिहरूको फोटो, नाम, ठेगाना, पेशा, क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस), आपसी सम्बन्ध (कनेक्शनरनेक्सस), पारिवारिक पृष्ठभूमि, यात्रा विवरण (ट्राभल हिस्ट्री) लगायतका विवरण संकलन गरेर प्रोफाइल तयार पारेको जनाएको छ।

यसरी तयार पारिएको प्रोफाइलले उनीहरूको गतिविधि निगरानी गर्न र भविष्यमा कुनै आपराधिक घटना भएमा तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग पुग्ने प्रहरीको भनाइ छ।

प्रहरीले गुण्डागर्दीका साथै लागूऔषध कारोबार र चोरीका घटनामा संलग्न व्यक्तिहरूको समेत प्रोफाइल तयार पारिरहेको जनाएको छ।

यसअघि ‘सेफ्टी काठमाडौं’ अभियानअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिन १९५ जनालाई पक्राउ गरेको थियो। त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि विभिन्न अपरेशनमार्फत पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेका थिए र उनीहरूमाथि मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार तीमध्ये केही व्यक्ति धरौटीमा छुटेका छन् भने केही अझै हिरासतमा रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending