विराटनगर। विराटनगर महानगरपालिका–६ का सरोचिया टोल निवासी असरद हुसैनको घरमा नेपाल खानेपानी संस्थान अन्तर्गत जडान भएको धारा छ । मासिक रूपमा न्यूनतम महसुल बुझाउनुपर्ने बिल पनि आइरहेको छ । सात वर्षयता धारामा पानी भने थोपो झरेको छैन ।
२०७६ सालमा यो टोलको सडक मर्मत भएको थियो । त्यस क्रममा पानीको पाइप टुट्यो । १० घरका लागि जडान भएको पाइप सडक निर्माणका क्रममा टुटेपछि पुन: जडान भएको छैन । सात वर्षसम्म पानी आपूर्ति प्रणाली मिलाउन नसकेको नेपाल खानेपानी संस्थान, विराटनगर कार्यालयले मासिक रूपमा न्यूनतम ११० रुपियाँको बिल भने घर घरमा पठाइरहेको छ । हर्जानाका डरले पानी पिउन नपाए पनि पैसा बुझाउनुपर्ने बाध्यता रहेको हुसैन बताउछन् ।
स्थानीय नैन मियाँका अनुसार कोरानाले बाहिर निस्कन नसक्ने स्थिति थियो । सडक मर्मतको कामसमेत आलटालसँग भइरहेका बेला पाइप टुट्यो । त्यसपछि बारम्बार पानी आपूर्ति प्रणाली सहज बनाउन माग गर्दासमेत संस्थानले कहिल्यै ध्यान नदिएको उनी बताउछिन् ।
विराटनगर खानेपानी सुधार आयोजना अन्तर्गत नयाँ पाइप विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विराटनगर महानगरपालिकाभित्र ५८ किलोमिटर दुरीमा पानी आपूर्ति प्रणालीका लागि नयाँ पाइप जडान भइरहेको समयमा समेत संस्थानले सात वर्षदेखि महसुल उठाइरहेको, सरोचिया टोलमा पनि पाइप विस्तार गर्ने योजनामा नसमेटको गुनासो स्थानीयको छ ।
स्थानीयले बारम्बार पानी आपूर्ति प्रणाली मिलाउन आग्रह गर्दा संस्थानले भने तत्काल काम भइहाल्ने आश्वासन दिने गरेको आरोप छ । मो। आरिफ हुसैनका अनुसार अहिले यी १० घरले चापाकल प्रयोग गर्नु परेको छ । चापाकलको पानीमा आर्सेनिक देखिएका कारण जारको पानी मगाएर दैनिक पिउनुपर्ने बाध्यता छ ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले स्थानीयले भने जस्तो गुनासो अहिलेसम्म नआएको दाबी गरे । उनले स्थानीयले महसुल भुक्तानी गरिरहेको तर पानी नपाएको अवस्था रहेको भए तत्काल समस्या समाधान गरिने उनको भनाइ छ । लेखा अधिकृत पदमहरी राईले भने समस्याग्रस्त धाराको सूचीमा रहेका धाराको न्यूनतम महसुल असुल हुँदै आएको बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: