काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उत्पादनको लागत अत्यधिक बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले उद्योग सञ्चालन गर्न कठिन हुँदै गएको उल्लेख गर्दै हालको अवस्थामा मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको छ।
महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ—जस्तै बोतल, क्याप, र्यापिङ रोल, जार तथा जारका क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्य वृद्धिले ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढाएको छ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई समेत मूल्य वृद्धिको प्रमुख कारणका रूपमा लिइएको छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वले अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा असर पार्दा कच्चा पदार्थको मूल्य र उपलब्धता प्रभावित भएको महासंघको ठहर छ।
हाल नेपालमा ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले लागत वृद्धिका कारण उद्योग धराशायी हुने अवस्थामा पुगेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, “यो निर्णय नाफा कमाउने उद्देश्यले होइन, बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्य वृद्धिका कारण सिर्जिएको बाध्यात्मक अवस्था हो। हालको मूल्यमा पानी बिक्री गरेर उद्योग सञ्चालन सम्भव छैन।”
महासंघले सदस्य उद्योगीहरूलाई लागत वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ।
साथै, सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहलमार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रण गर्न आवश्यक कदम चाल्न माग गरेको छ। उपभोक्ता, वितरक र सरोकारवालालाई उद्योग संरक्षण, रोजगारीको सुरक्षा र सेवाको निरन्तरताका लागि मूल्य समायोजनमा सहयोग गर्न पनि महासंघले आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १४:३७
काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...



प्रतिकृया लेख्नुहोस्: