कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।
शिवराज नगरपालिकाको आन्तरिक लेखा परीक्षणका क्रममा आर्थिक वर्ष ०८१/८२ मा बैङ्क दाखिला गरिएका भनिएका १२८ भौचरका रकम खातामा नभेटिए पछि घटना सार्वजनिक भएको हो ।
आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ जम्मा गरिएको भौचरको रकम खातामा फेला नपरे पछि हिनामिना भएको आशङ्का गरिएको छ ।
रकम हराए पछि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शुक्रबार घटनाको विषयमा अनुसन्धान गर्नका लागी वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गरेको थिए ।
उनले रकम हिनामिना र किर्ते भौचर सम्बन्धमा अनुसन्धानको लागी उजुरी दिएको थिए। रकम हराएको विषयमा छानबिन गरी दोषी माथि कानुनी कारबाहीको लागी अनुरोध गरेको थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनाको विषयमा नगरपालिकाले पत्राचार गरेको र अनुसन्धानको चरणमा रहेको बताए।
नगरपालिकाको पत्रअनुसार अस्पतालले पेस गरेको भौचर नक्कली भएको कारणले खातामा रकम जम्मा नभएको बैङ्क मार्फत मौखिक जानकारी आएको जनाएको छ । तर अस्पतालका प्रशासनले भने उक्त रकम बैङ्कमा बुझाइएको र बैङ्कबाट प्राप्त भौचर रहेको जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेका वडा अध्यक्ष नेत्र बेल्वासेले जम्मा नभएका भौचरका रकमको विवरण बारे जानकारी लिन बैङ्कलाई पत्राचार गरिएको बताए।
हिनामिना भएको रकमको प्रहरी मार्फत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने उनको भनाई रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: