हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।
हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि भएको हो । सिमकोटबाट नेपालगन्जको हवाई भाडा वृद्धि भएर एघार हजार ८१४ रुपियाँ पुगेको नेपाल एइरलाईन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताए।
यसअघि सो एयरलाईन्सले सिमकोटबाट नेपालगन्जको हवाई भाडा नौ हजार रुपियाँ प्रतियात्रु लिने गथ्र्यो । यसबाट हाल भाडा तेईस दशमलव बयासी प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरि तारा एयरले पनि एघार हजार पाँच सय रुपियाँ भाडा लिने गर्छ । यता सीता एयरले हजार चार सय रुपियाँ प्रतियात्रु भाडा लिने गरेको सो एयरका सिमकोट स्टेशनका सहायक प्रमुख सुर्य लामाले बताए।
यता नेपाल समिट एयरले प्रतियात्रु एघार हजार पाँच सय रुपियाँ लिदै आएको छ । नीजि एयरलाईन्सहरुले नेपालगन्ज सिमकोटको उडान भर्दा चार्टर उडान भर्ने गरेको भएपनि सिमकोट नेपालगन्जको सेडुअल उडान नै भर्ने गथ्र्ये ।
यता हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । सेडुअल उडान गर्ने जहाजहरु नेपालगन्ज नभएको कारण उडान हुन नसकेको हो । उडान भएपछि दुवैतर्फका यात्रुहरु मर्कामा परेको छन् ।
त्यसैगरि हुम्लामा पेट्रोल र डिजेलको अभाव देखिन थालेको निर्माण ब्यवसायी सरोज रावतले बताए। उहाँकाअनुसार पाउनै कठिन र फाट्टफुट्ट पाएपनि डिजेल प्रति लिटर २३६ रुपियाँ र पेट्रोल प्रतिलिटर २८० रुपियाँमा बिक्री भई रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाएपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन कार्य जारी राखेको छ। ...
बैशाख १२ गते, २०८३ - १६:००
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका विश्वराज पोखरेल ले सार्वजनिक रूपमा माफी मागेका छन्। ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआइजीसमेत र...
बैशाख १२ गते, २०८३ - १५:४१
रामल्लाह। गाजा युद्धपछि पहिलो पटक शनिबार वेस्ट बैँक र गाजाको मध्य क्षेत्रमा प्यालेस्टिनीहरूले स्थानिय चुनावमा मतदान गर्न लागेको जनाइएको छ । रामल्लाहस्...
बैशाख १२ गते, २०८३ - १४:४७
काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौ...
बैशाख १२ गते, २०८३ - १४:२४
खजुरा। नेपालगन्जमा एक जना कानुन व्यवसायीमाथि हातपात भएको नेपालगन्ज उच्च अदालत बार एसोसिएसन र बाँके जिल्ला अदालत बार एसोसिएसनले जनाएका छन् । नेपालगन...
बैशाख १२ गते, २०८३ - १४:१३
काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ। शनिबार बिहानदेखि सरकारले काठमाडौंका ...
बैशाख १२ गते, २०८३ - १३:५७
काठमाडौँ। थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहर...
बैशाख १२ गते, २०८३ - १३:३९
काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...
बैशाख १२ गते, २०८३ - १३:२६
काठमाडौं । थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा आफूलाई घरवारविहीन बताउने १३ जनालाई काठमाडौं महानगरपालिकाले सुन्दरीघाटस्थित राधास्वामी सत्स...


प्रतिकृया लेख्नुहोस्: