काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोहीहरूको शव उद्धार अभियान अगाडि बढाइएको छ। उद्धारमा संलग्न ग्राउन्ड टोलीले पहिलो चरणमा शवहरू क्याम्प–१ सम्म ल्याउने तयारी गरिरहेको जनाएको छ।
उद्धार टोलीका अनुसार क्याम्प–१ सम्म शव पुर्याएपछि सोमबार जापानी क्याम्पसम्म सार्ने योजना बनाइएको छ। मौसम अनुकूल रहे र हिमालको अवस्था सुरक्षित भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव तथा उद्धार टोलीलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।
उद्धार अभियानमा संलग्न टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ।
गत बिहीबार (१४ साउन) ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्ता हुनेमध्ये ६ जना नेपाली थिए। टोलीका नेता रहेका पुर्जाको निधन भएको पुष्टि शनिबार भएको थियो।
अन्य बेपत्ता आरोहीहरूको खोजी तथा उद्धार कार्य पनि प्रतिकूल हिमाली अवस्थाबीच निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...
श्रावण १७ गते, २०८३ - १२:१७
सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...
श्रावण १७ गते, २०८३ - ११:५२
काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...
श्रावण १७ गते, २०८३ - ११:४१
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी ...
श्रावण १७ गते, २०८३ - ११:०१
जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...
श्रावण १७ गते, २०८३ - १०:४९
राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत् सद...



प्रतिकृया लेख्नुहोस्: