काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर त्यहाँ राखिएका सुकुमवासीहरूको अवस्थाबारे अनुगमन गरिरहेको छ।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीहरूलाई हटाइएको थियो। हटाइएका सुकुमवासीहरूलाई नेपाल प्रहरी तथा नगर प्रहरीको टोलीले नागार्जुन र कीर्तिपुरका विभिन्न स्थान, विशेषगरी सत्सङ्ग भवनहरूमा राखेको छ।
सुकुमवासी हटाउने क्रममा मानव अधिकार उल्लङ्घन भएको आरोप उठेपछि आयोगले चासो देखाएको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल ले सुकुमवासीहरूको वास्तविक अवस्था बुझ्न टोली खटाइएको जानकारी दिए।
यसअघि आयोगले सुकुमवासी व्यवस्थापनका विषयमा सरकारलाई सिफारिस गर्दै आएको छ। २०६९ साल जेठ १ गते आयोगले वास्तविक सुकुमवासीको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन नहुने सुझाव दिएको थियो। साथै, अतिक्रमित जग्गा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि आग्रह गरेको थियो।
हालको अनुगमनले ती सिफारिसहरू कार्यान्वयन भएरनभएको मूल्यांकन गर्नुका साथै सुकुमवासीहरूको वर्तमान अवस्थाबारे थप जानकारी संकलन गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १४:०२
काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...
बैशाख १३ गते, २०८३ - १३:४५
बोगोटा। कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका ...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १२:५५
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका...
बैशाख १३ गते, २०८३ - १२:३१
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...
बैशाख १३ गते, २०८३ - ११:५६
वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...
बैशाख १३ गते, २०८३ - ११:४६
रुपन्देही। बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार ती संरचनामा डोजर चलाएर खाली ...
बैशाख १३ गते, २०८३ - ११:०५
डडेल्धुरा। जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपाल...
बैशाख १३ गते, २०८३ - १०:५८
बनेपा। शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्...


प्रतिकृया लेख्नुहोस्: