Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सम्झौता, ११ अर्ब अनुदान

खबरडबली संवाददाता

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।

भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ।

सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा कुनै समस्या उत्पन्न भए छिटो समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता जनाए। उनले उत्तर–दक्षिण सडक सञ्जाल विस्तार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीनबाट थप लगानीको अपेक्षा व्यक्त गरे।

त्यस्तै, चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र आगामी रणनीतिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending