Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

निर्वाचन प्रणाली सुधारका लागि एकीकृत ऐन पारित गर्न आयुक्त भण्डारीको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रणाली सुधारका लागि आयोगले प्रस्ताव गरेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयक पारित गर्न आग्रह गरेको हो ।

भण्डारीकाअनुसार आयोगले सातवटा विभिन्न ऐनहरूलाई विस्थापित गरी एउटै एकीकृत विधेयक तर्जुमा गरेर सरकारलाई पठाएको तीन वर्ष भइसकेको छ ।

उनले विद्युतीय मतदान ९ई–भोटिङ०, विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार र अन्तरप्रदेश मतदान जस्ता विषयलाई समेट्न कानून अपरिहार्य रहेको बताए।

वर्तमान ऐन नियम भद्रगोल अवस्थामा रहेको टिप्पणी गर्दै उनले जनप्रतिनिधिहरूलाई कानून निर्माणमा गम्भीर हुन ध्यानाकर्षण गराए। समयमै विधेयक पारित नभए सुधारका सबै योजना थाँती बस्ने उनको भनाइ छ । निर्वाचन प्रक्रिया कानूनको सीमाभित्र रहेर मात्र सञ्चालन गर्न मिल्ने भएकाले पहिले विधायिकाबाट आवश्यक कानून पारित हुनु अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले सरकार र सांसदहरूलाई तत्काल विधेयकको मस्यौदामा छलफल गरी आगामी बजेट अधिवेशनमै पारित गर्न आग्रह गरे । स्थानीय तह र प्रदेश सभा सदस्यको निर्वाचन आउन एक वर्ष पनि बाँकी नरहेको उल्लेख गर्दे उनले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए।

उनकाअनुसार नयाँ ऐन पारित भएपछि त्यसको कार्यान्वयनका लागि थुप्रै नीति, कार्यविधि र आचारसंहिता निर्माण गर्नुपर्ने हुन्छ ।बजेट अधिवेशनमै विधेयक पारित नभए निर्वाचन प्रणाली सुधार, प्रविधिमैत्री मतदान प्रणाली र अन्तरप्रदेशरअन्तरजिल्ला व्यवस्थापनका विषयहरू रोकिँदै जाने उनले बताए।

उनले भने, “हामीले अनावश्यक सातवटा ऐनलाई विस्थापित गरेर एउटा मात्रै निर्वाचन व्यवस्थापन विधेयक बनाउन ऐन मस्यौदा गयौँ । लगभग ३ वर्ष भयो, मस्यौदालाई सरकारमा पठाएको तर त्यसको उपचार भएको छैन । अब अहिले माग आइरहेको छ, यो म्यानुअल्ली हाम्रो परम्परागत भोटिङ सिस्टमबाट भोट हाल्ने होइन, अबलाई ई–भोटिङ र आई–भोटिङमा हामी जानुपर्छ, लगायतका विविध परिस्थितिको माग छ । त्यो मागको पहिला कानुनले सम्बोधन गर्नुपर्‍यो, कानुनको परिधिभित्र ल्याउनुपर्‍यो । कानुनले दिएको कुरालाई व्याख्या गरेर निर्वाचन गर्ने हो । यहाँ माननीय सदस्यहरु पनि अगाडि नै हुनुहुन्छ र विधायिकामा बसेर मज्जासँग छलफल गरेर नीति तर्जुमा गरेर त्यो आफुले तर्जुमा गरेको नीति मुलुकमा लागू गर्ने ठाउँमा यहाँहरु छन्। आजकै दिनबाट निर्वाचन सम्बन्धी ऐन नियममा छलफल गरेर अनि फेरि आउने बजेट अधिवेशनमा यहाँहरुले त्यो निर्वाचन व्यवस्थापन विधेयकमा के–के राख्नुपर्छ, के–के कमी कमजोरी छ, के–के त्यहाँ भएका विषयवस्तुहरुलाई हटाउने, नयाँ विषयवस्तुहरु के–के थप्ने भनेर छलफल गर्नुभएन र आगामी बजेट अधिवेशनमा त्यो पास गरिदिनुभएन भने ८४ सालका निर्वाचन पनि हुने यस्तै हो । अब १ वर्ष पनि छैन निर्वाचन हुनलाई, अर्को बैशाखमा निर्वाचन गर्नै पर्छ, जेठमा जान पनि पाइँदैन । १ वर्षभित्र हामीलाई थुप्रै नीति निर्देशिकाहरु बनाउनु पर्नेछ, कार्यविधिहरु बनाउनु पर्नेछ, अनि आचार संहिताहरु बनाउनु पर्नेछ । त्यो ऐन पास भयो भने पनि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा दर्जनौँ दर्जन नीति निर्देशिकाहरु बनाउनु पर्ने हुन्छ । यो अधिवेशनमा त्यो ऐन पास भएन भने हामीले निर्वाचन प्रणाली, निर्वाचन प्रक्रिया, अनि आई–भोटिङ, ई–भोटिङ, अन्तरप्रदेश अनि अन्तरजिल्ला लगायतका विषयवस्तुहरु सबै थाँती बस्छन् । अर्को ८४ मा हुने निर्वाचन पनि यही गतिको निर्वाचन हुन्छ, यहाँ भन्दा धेरै अगाडि जाँदैन । सुधारको पक्ष अहिले देखि नै सुरु गरिएन, त्यसलाई कार्यान्वयनमा लगिएन र त्यसलाई विधि तर्जुमा गरिएन भने अर्को हुने निर्वाचन पनि यो ढर्रा भन्दा धेरै टाढाको निर्वाचन हुँदैन ।”

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उच्च आर्थिक पारदर्शिता र मितव्ययिता अपनाएको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले सुनिश्चित गरेको ६७५ करोड रुपियाँको बजेटमध्ये करिव १७५ करोड रुपैयाँ वचत भएको र सो रकम छिट्टै सरकारलाई फिर्ता गरिने जानकारी दिए।

आयोगले ४७ प्रकारका निर्वाचन सामग्रीहरू जिल्ला र स्थानीय तहबाटै खरिद गर्ने गरी ‘अधिकार प्रत्यायोजन’ गरेका कारण खर्चमा व्यापक कटौती भएको बताइएको छ । निर्वाचनमा भएको खर्चको पूर्ण विवरणसहित आयोगले छिट्टै ‘श्वेतपत्र’ जारी गर्ने तयारीसमेत गरेको छ ।

भण्डारीले भने, “हामीले केन्द्रबाट सिमित सामग्री मात्र खरिद गर्यौँ। स्थानीय स्तरमा सरकारी निकायबाटै सामग्री खरिद गरिएकाले कुनै आर्थिक अनियमितता हुने गुञ्जायस रहेन । हामीले लगभग ६७५ करोड खर्च गर्ने सरकारबाट स्रोत सुनिश्चितता पाएका थियौँ। त्यसमध्ये हामीले अहिले लगभग चार करोड, अस्ति मैले पाँच अर्ब ३७ लाख खर्च भयो भनेर हिसाब पेश गरेको थिएँ सम्माननीय राष्ट्रपतिज्यु लगायतको सबैको निर्वाचन आयोगमा उपस्थितिको कार्यक्रममा ।फेरि रुजु गरेर हेर्दाखेरि अहिले के देखियो भनेदेखि हामी पाँच करोड भन्दा धेरै तल खर्च अर्ब भन्दा धेरै तल खर्च गरेका रहेछौँ र १७५ करोड भन्दा बढी एक–दुई दिनभित्रै हामी सरकारलाई फर्काइदिन्छौँ ।भन्दा हामीले सरकारी पैसामा कतै तलमाथि पर्ला कि भनेर असाध्यै सचेत भएर हेरेका छौं। कतै पनि दुई पैसा तलमाथि भएको अवस्था र स्थिति छैन् र हामी सबै कुरो यो खर्चको विषयमा हामीले सरकारलाई फर्काउनुपर्ने फर्काइसकेपछि पैसा फर्काइसकेपछि हामी निर्वाचन आयोगको तर्फबाट खर्चको फेहरिस्त सहितको एउटा श्वेतपत्र जारी गर्छौं। ”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको इतिहासकै एक पेचिलो र चुनौतीपूर्ण निर्वाचन भएको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र आगामी रणनीतिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

मतका आधारमा दललाई सरकारी अनुदान दिनुपर्ने निर्वाचन आयुक्तका उम्मेदवार कार्कीको प्रस्ताव

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending