Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने बजेट आवश्यक: पूर्वअर्थमन्त्री खनाल

खबरडबली संवाददाता

काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएको छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आगामी बजेटका सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रममा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित भएर बजेट ल्याउनुपर्ने बताए ।

खनालका अनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार गर्न आवश्यक छ । आन्तरिक उत्पादनलाई विदेशी वस्तुसँग प्रतिस्पर्धी बनाउन अप्रत्यक्ष कर, विशेषगरी अन्त:शुल्क र भन्सार दरमा पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ छ ।

उनले त्यस्ता दर घटाउँदा तत्काल राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिन सक्ने उल्लेख गरे। हाल वैदेशिक व्यापारमा अपचलन र कर छली कायम रहेकाले यसलाई नियन्त्रण गर्न सरकारले कतिपय वस्तुमा भन्सार दर हेरफेर गर्नुको विकल्प नरहेको उनले बताए।

बजारमा अन्त:शुल्क स्टिकर नलगाइएका तथा कर नतिरेका सामान भेटिनुले व्यापारिक विचलन देखिएको उल्लेख गर्दै उहाँले यस्ता गतिविधिले राजस्वमा असर पारिरहेको बताए । यस्तो विचलन नियन्त्रण गर्न सके राजस्वमा नकारात्मक असर नपर्ने र व्यवसायीलाई पनि राहत पुग्ने उनको भनाइ छ ।

तर केवल आयात घटाउने र आन्तरिक उत्पादन बढाउने नाममा अव्यावहारिक रूपमा भन्सार दर बढाउनु अर्थतन्त्रका लागि घातक हुने उनले चेतावनी दिए।

उनले भने, “व्यवसायको लागत कम गर्न, उत्पादनशील क्षमता बढाउन र आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न अन्त:शुल्क तथा भन्सार दरमा पुनरावलोकन आवश्यक छ । कर प्रणालीमा सुधार गर्दै व्यापारिक विचलन नियन्त्रण गर्न सके राजस्वमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।”

पूर्वअर्थमन्त्री खनालले बजेटको आकारका सम्बन्धमा अघिल्ला सरकारजस्तै ‘लोकप्रिय’ बन्नका लागि कार्यान्वयन गर्न नसकिने ठूलो बजेट ल्याउन आवश्यक नरहेको स्पष्ट पारे।

उनले आर्थिक वृद्धि, प्रतिव्यक्ति आम्दानी वृद्धि, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनाजस्ता लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्नुपर्ने बताए। यी लक्ष्य हासिल गर्न भाषण र प्रतिबद्धतामा मात्र नभई व्यवहारमै निजी क्षेत्रलाई सारथी बनाउनुपर्ने उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

तुलसीपुर नगरपालिकाको बजेट दुई अर्व ४४ करोड

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४  करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending