Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नेकपाको एकता महाधिवेशन कार्यतालिका सार्वजनिक: मंसिर ११–१५ मा काठमाडौँमा सम्पन्न गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

प्रवक्ता प्रकाश ज्वाला का अनुसार महाधिवेशनअघि संगठन सुदृढीकरणका लागि चरणबद्ध कार्यक्रम तय गरिएको छ।

महाधिवेशन कार्यतालिका (मुख्य चरणहरू) मा  असार–साउनमा सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तार अभियान चलाइने छ ।

भदौ १५ भित्र  वडा तहका अधिवेशन सम्पन्न गर्ने । भदौ १६ – मसान्तमा पालिका तहका अधिवेशन सम्पन्न गर्ने ।

असोज मसान्तभित्र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने र  कात्तिक १५ भित्र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेकाे छ । 

नेकपाले  मंसिर ११–१५ काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने बताएकाे छ ।

महाधिवेशनमार्फत पार्टीले वैचारिक, राजनीतिक र सांगठनिक स्पष्टता स्थापित गर्ने लक्ष्य लिएको छ। साथै, सबै तहका कमिटीहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना पनि अघि सारिएको छ।

महाधिवेशनका लागि आवश्यक दस्तावेज, प्रतिवेदन तथा कार्यविधि तयार पार्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिलाई दिइएको छ।

पार्टीभित्र चलिरहेको पुनर्गठन बहसका बीच सार्वजनिक गरिएको यो कार्यतालिकालाई संगठन पुनर्संरचनाको औपचारिक सुरुआतका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

बल्खुमा भत्किएका संरचना प्राचीन नभएको पुरात्त्व विभागको स्पष्टोक्ति

काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्त्व विभागल...

तिलगंगा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि यहाँ रह...

तिलगंगामा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक...

११० कानुन संशोधन गर्दै राजनीतिक नियुक्ति खारेज: १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले जारी गरेको नयाँ अध्यादेशमार्फत व्यापक संख्यामा राजनीतिक नियुक्ति खारेज हुने भएका छन्। ‘सार्वजनिक पदाधिकारी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending