Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

फइल तस्विर
खबरडबली संवाददाता

रसुवा । रसुवाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक क्रियाकलाप सञ्चालनमा नयाँ ऊर्जा थप्नुका साथै पर्यटन प्रवर्द्धनमा देवा पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार यसअघि परम्परागत रूपमा फ्ल्याकबाट निर्माण भएका छाना प्रविधि स्लेट, ढुङ्गादेखि जस्तापाता हुँदै अहिले आधुनिक ढलानमार्फत ती संरचना बनाइएको हो । अहिले निर्मित गुम्बा दिगो र सुरक्षित बनेका बताउँदै उनले योसँगै नियमित पूजाआजासहित धार्मिक गतिविधि सञ्चालन गर्न सहज वातावरण सिर्जना भएको उल्लेख गरे ।

गोसाइँकुण्ड गाउँपालिका–३ अन्तर्गत बृद्विम, लिङ्लिङ र आमाछोदिङ्मो गाउँपालिका–५ ब्रेमदाङमा एकरएक तथा गोसाइँकुण्ड गाउँपालिका–६ सदरमुकाम धुञ्चेमा गरी चार वटा गुम्बा निर्माण गरिएको नागरिक समाजका अध्यक्ष तामाङले जानकारी दिए । निर्माणमा संलग्न प्राविधिकका अनुसार ग्रामीण भेगका तीनवटै गुम्बा शतप्रतिशत सम्पन्न भइसकेका छन् भने धुञ्चेस्थित टुल्कुछेलिङ गुम्बा निर्माण करिब ९० प्रतिशत पूरा भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत सुरु गरिएको पुनःनिर्माणमा हालसम्म करिब रु ३३ करोड खर्च भएको निर्माण कम्पनीका कार्यस्थल प्रमुख एवं प्राविधिक इञ्जिनियर बुद्धवीर लामाले जानकारी दिए । नवनिर्मित गुम्बामा नियमित पूजाआजा, बौद्ध दर्शनसम्बन्धी प्रवचन, ध्यान साधना, विवाह (ब्रतबन्ध), छेवर, दिवङ्गत आफन्तको स्मृतिमा जलअर्पण तथा काजक्रियालगायत धार्मिक कार्य सञ्चालन गर्न सकिने स्थानीय भक्तजनले बताएका छन् ।

धुञ्चे गुम्बामा एकैपटक करिब ५०० भन्दा बढी भक्तजन बसेर ध्यान गर्न सक्ने व्यवस्था गरिएको प्राविधिक इञ्जिनियर लामाले उल्लेख गर्नुभयो । यसैबीच गुम्बा निर्माण गुणस्तरीय भएको भन्दै स्थानीय लामा गुरुहरूले प्रशंसा गरेका छन् ।

बौद्ध धर्मग्रन्थमा उल्लेख गरिए अनुसार ‘चित्तको शुद्धिकरण नै मुक्ति प्राप्तिको मार्ग हो’ भन्ने शिक्षालाई व्यवहारमा उतार्ने साधनास्थलका रूपमा गुम्बा स्थापित हुँदै गएका धार्मिक अगुवाहरूको भनाइ छ । बुद्धका उपदेशअनुसार करुणा, मैत्री र सहअस्तित्वको अभ्यास गर्ने स्थानका रूपमा यी गुम्बाले समुदायलाई जोड्ने अपेक्षा गरिएको छ ।

जिल्ला सभाहल पुनःनिर्माण

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको धुञ्चेस्थित जिल्ला सभाहलको पुनःनिर्माण सम्पन्न भएको छ । जिल्लास्तरका सभा, सम्मेलन सहज रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सभाहलमा एकैपटक ४०० व्यक्ति अट्ने क्षमता रहेको प्राविधिकले बताएका छन् ।

सिएल कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक छेसिङ्गी लामाका अनुसार करिब रु तीन करोड लागतमा निर्माण सम्पन्न गरिएको उक्त भवन सहरी विकास कार्यालय धादिङमार्फत सुरु गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेले नयाँ सभाहलले प्रशासनिक तथा सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने बताए ।

भूकम्पअघि निर्माण भएका संरचनाभन्दा पछिल्लो समय निर्माण भइरहेका पूर्वाधारहरू गुणस्तरीय, सुरक्षित र दिगो बन्दै गएका स्थानीयको मूल्याङ्कन छ । धार्मिक सम्पदा संरक्षणसँगै आधुनिक पूर्वाधार विकासले रसुवामा सांस्कृतिक पुनःजागरण र सामुदायिक एकता बलियो हुँदै गएको नागरिक समाजले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

बल्खुमा भत्किएका संरचना प्राचीन नभएको पुरात्त्व विभागको स्पष्टोक्ति

काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्त्व विभागल...

तिलगंगा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि यहाँ रह...

तिलगंगामा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending