दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्ती माथि काँचको गिलास प्रहार गरेको आरोप सार्वजनिक भएपछि घटना चर्चामा आएको हो ।
घटना सोमबार अध्यक्षकै कार्यकक्षमा भएको बताइएको छ । कार्यालय स्रोतका अनुसार कामकाज र खर्च व्यवस्थापनको विषयमा चर्काचर्की भएपछि अध्यक्ष बिसीले रिसमा गिलास प्रहार गरेका थिए । गिलास फुट्दा उछिट्टिएका टुक्राले प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई सामान्य चोट लागेको बताइएको छ ।
घर्तीले घटनापछि सामाजिक सञ्जालमै स्टाटस लेखेर आफू असुरक्षित महसुस गरिरहेको बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारीदेखि संघीय मामिला मन्त्रालयसम्म घटनाबारे जानकारी गराइसकेको जनाएका छन् ।
पालिकाभित्र भने यो विवाद नयाँ होइन । स्रोतका अनुसार घर्तीले पालिकामा जथाभाबी इन्धन खर्च, होटलमा हुने कार्यक्रम, सामग्री खरिद र भुक्तानी प्रक्रियामा कडाइ गर्न खोजिरहेका थिए । “नियमअनुसार चलाउन खोज्दा अध्यक्ष असन्तुष्ट बन्दै गएका थिए,” एक कर्मचारीले भने ।
अर्कोतर्फ अध्यक्ष पक्ष भने हाकिमले विकासका काममा अनावश्यक अवरोध गरेको गुनासो गर्दै आएको थियो । योजना कार्यान्वयन ढिलो हुनु, फाइल रोकिँदा जनप्रतिनिधि असन्तुष्ट हुनु र नियम–कानुनकै विषयमा पटक–पटक विवाद हुँदै आएको बताइन्छ ।
घटनाबारे अध्यक्ष बिसी भने सार्वजनिक रूपमा बोलेका छैनन् । फोन सम्पर्क पनि हुन सकेको छैन । गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले दुवै पक्षबीच विगतदेखि नै मतभेद रहेको स्वीकार गरे पनि घटनाबारे प्रत्यक्ष टिप्पणी गर्न चाहेनन् ।
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीचको टकराव बढिरहेका बेला गुराँस गाउँपालिकाको यो ‘गिलास काण्ड’ अहिले सामाजिक सञ्जालदेखि प्रशासनिक वृत्तसम्म चर्चाको विषय बनेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: