[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिरोले बगाएका ती पुलहरूको निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत (बजेट) सुनिश्चित भएको हो। विक्रम संवत २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका पक्की तथा झोलुङ्गे पुलहरू झन्डै दुई वर्षपछि पुनर्निर्माण हुन लागेका हुन्। उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलहरूमा ठुलो क्षति पुगेको थियो।
सहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालका अनुसार रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी (पिपलटार सुँगुरेडाँडा) झोलुङ्गे पुल, खाक्सी झोलुङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा) झोलुङ्गे पुल र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको छ।
त्यस्तै बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि ३ करोड रुपैयाँदेखि ५ करोड ५० लाख रुपैयाँसम्मको स्रोत सुनिश्चित गरिएको छ। यसका साथै वाग्मती नदीको बाढीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणका लागि पनि बजेट सुनिश्चित भएको छ।
स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमै ठेक्का आह्वान गरिने छ। यी योजनाहरू बहुवर्षीय भएकाले आगामी आर्थिक वर्षबाट पुल निर्माणको काम सुरु गरिने छ। पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिएमा ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने रणनीति डिभिजनको छ। पुनर्निर्माणको सम्पूर्ण काम डेढ वर्षदेखि दुई वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।
विक्रम संवत २०८१ असोजको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल समेत बगाएको थियो। आगामी वर्षायाममा बिपी राजमार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाकै मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न काभ्रेपलाञ्चोक प्रशासनले सडक विभागलाई अनुरोध गरेको छ। उक्त बाढीले बिपी राजमार्गको मात्रै करिब ३० किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचनामा क्षति पुर्याएको थियो।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार बाढीका कारण रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबिच आवतजावत गर्ने झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षति हुँदा स्थानीयले ठुलो सास्ती व्यहोर्नुपरेको छ। पुल बगाएपछि नागरिकहरूले बर्खाअघिसम्म खोलामा फड्के (काठको अस्थायी पुल) हालेर आवतजावत गर्ने गरेका थिए। तर हाल खोलामा पानीको बहाव बढेको समयमा उनीहरू एक घण्टा टाढा रहेको अर्को पक्की वा झोलुङ्गे पुल तर्न बाध्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: