काठमाडौं । राज्यका पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा गरेको उपचार खर्च गैरकानुनी रूपमा राज्यकोषबाट भुक्तान गरिएको भन्दै उक्त रकम फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
रिट निवेदक सरोजकुमार न्यौपानेले जनस्वास्थ्य ऐन, २०७५ विपरीत विदेशमा उपचार गर्दा समेत राज्यकोषबाट खर्च भुक्तानी गरिएको भन्दै त्यसलाई गैरकानुनी ठहर गरी फिर्ता गराउनुपर्ने माग गरेका छन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई मुख्य विपक्षी बनाइएको छ भने पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई पनि विपक्षी बनाइएको छ। तर त्यस्तै प्रकृतिको उपचार खर्च पाएका राष्ट्रपति रामचन्द्र पौडेललाई भने रिटमा समावेश गरिएको छैन।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
यसअघि सर्वोच्च अदालतले १४ वैशाखमा नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३ को दफा १२(१) खारेज गरिसकेको थियो। उक्त दफामा पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यले खर्च व्यहोर्ने व्यवस्था थियो।
अदालतको संवैधानिक इजलासले उक्त व्यवस्था संविधान तथा प्रचलित कानुनसँग बाझिएको ठहर गर्दै खारेज गरेको हो।
जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा पनि “कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा त्यसको खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन” भन्ने स्पष्ट व्यवस्था रहेको छ।
यसअघि कार्यविधिको आधारमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्व प्रधानन्यायाधीश, पूर्व मन्त्रीलगायत पूर्व विशिष्ट पदाधिकारीहरूको विदेश उपचार खर्च राज्यले व्यहोर्दै आएको अभ्यास थियो।
अब सोही खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा कानुनी प्रश्न उठाइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...
जेष्ठ ५ गते, २०८३ - १७:४०
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...
जेष्ठ ५ गते, २०८३ - १७:३४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...
जेष्ठ ५ गते, २०८३ - १७:२५
काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...
जेष्ठ ५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...
जेष्ठ ५ गते, २०८३ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...
जेष्ठ ५ गते, २०८३ - १६:५४
काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...
जेष्ठ ५ गते, २०८३ - १६:४४
वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...
जेष्ठ ५ गते, २०८३ - १६:२९
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...
जेष्ठ ५ गते, २०८३ - १६:०६
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...



प्रतिकृया लेख्नुहोस्: