Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’, सरकारी कार्यालयको फोहोर र अस्तव्यस्ततामाथि ‘एक्सन’

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वैशाख २७ देखि जेठ १ गतेसम्म विशेष अभियान चलाउन निर्देशन दिएको हो ।

अभियानको औपचारिक उद्घाटन सोमबार बिहान वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेता ले गर्ने कार्यक्रम तय गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयदेखि सार्वजनिक संस्थासम्म अभियान लागू गरिने जनाइएको छ ।

सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार अब सरकारी कार्यालयहरूमा जथाभावी फोहोर थुपार्ने, दुर्गन्धित शौचालय राख्ने र अव्यवस्थित सेवा दिने शैलीमा कडाइ गरिने भएको छ ।

मार्गदर्शनअनुसार कार्यालय परिसर, शौचालय, पार्किङ क्षेत्र, नाली तथा ढल नियमित सफा गर्नुपर्नेछ । कुहिने र नकुहिने फोहोर छुट्याउन छुट्टाछुट्टै डस्टबिन अनिवार्य गरिएको छ भने खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाइएको छ ।

सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्नलाई स्पष्ट तथा व्यवस्थित बनाउनुपर्ने, चर्किएका भित्ता मर्मत तथा रङरोगन गर्नुपर्ने र सेवा क्षेत्रलाई सफा तथा आकर्षक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, सबै शौचालयलाई दुर्गन्धरहित बनाउन, नियमित पानी र साबुनको व्यवस्था गर्न तथा महिलामैत्री र अपाङ्गतामैत्री बनाउन निर्देशन दिइएको छ । दैनिक सफाइको अभिलेखसमेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीलाई सहज सेवा दिन कार्यालयमा हेल्प डेस्क राख्ने, सूचना प्रणाली प्रभावकारी बनाउने र कार्यस्थललाई सुरक्षित तथा व्यवस्थित राख्ने विषयलाई पनि अभियानको प्राथमिकतामा राखिएको छ ।

सरकारले प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने, साप्ताहिक सरसफाइ तालिका बनाउने र मासिक स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था गरेको छ । अभियानको कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।

सरकारले न्यून लागतमा सरकारी कार्यालयको कार्यसंस्कृति सुधार गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...

विपद्जन्य घटनाबाट एकै महिनामा झापामा १० करोड बढीको क्षति

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...

भेडेटारको नयाँ पहिचान : चिसो हावा मात्रै होइन, अर्ग्यानिक तरकारीको पनि हब

धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending