काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाचार तथा विकास निर्माणमा अदालतको भूमिकालगायत विषयमा विभिन्न प्रश्न उठाएका छन्।
संसदीय सुनुवाइ समितिमा मंगलबार जारी सुनुवाइका क्रममा सांसद पुनले न्यायपालिकामाथि नागरिकस्तरमा उठिरहेका प्रश्नहरूको जवाफ र सुधारको स्पष्ट दृष्टिकोण माग गरेका हुन्।
उनले अदालतभित्र ‘ग्रुपिज्म’ र पारिवारिक प्रभावको चर्चा भइरहेको उल्लेख गर्दै भविष्यमा निष्पक्ष ढंगले काम कसरी गर्ने भन्ने प्रश्न गरेका थिए।
पुनले न्यायिक कार्यसम्पादन र न्यायिक मनोवृत्तिमाथि पनि प्रश्न उठाउँदै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति नागरिकको विश्वास किन कमजोर बन्दै गएको भन्दै धारणा मागे।
त्यस्तै, पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनमा उल्लेख गरिएको न्यायालयभित्रको भ्रष्टाचारबारे सुधारका लागि प्रस्तावित प्रधानन्यायाधीशको योजना के हुने भन्ने प्रश्न पनि उनले राखे।
सांसद पुनले संक्रमणकालीन न्यायबारे धारणा स्पष्ट पार्न आग्रह गर्दै अदालतबाट जारी हुने ‘स्टे अर्डर’ का कारण विकास निर्माणका काम प्रभावित हुने गरेको उल्लेख गरे। उनले न्यायालयलाई विकासमैत्री बनाउने विषयमा प्रस्तावित प्रधानन्यायाधीशको योजना के छ भन्ने जिज्ञासा राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...
जेष्ठ ११ गते, २०८३ - ११:०८
लेखनाथ। बजेट अधिवेशनका रुपमा चिनिने गण्डकी प्रदेशसभाको अधिवेशन आज दिउँसोबाट सुरु हुँदै छ । सोमबार दिउँसो २ बजे भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्राल...



प्रतिकृया लेख्नुहोस्: