काठमाडाैं । जेनजी राजनीतिकर्मी अमिषा पराजुलीले नेपाल प्रहरीको साइबर ब्युरोभित्र आफूले अपमानजनक व्यवहार भोग्नुपरेको आरोप लगाएपछि नयाँ विवाद सुरु भएको छ । तर, विवाद झन् चर्कियो जब साइबर ब्युरोले अमिषाकी आमालाई बोलाएर लिखित माफी मागेको खुलासा भयो ।
अमिषाले सार्वजनिक रूपमा दाबी गरेकी थिइन् । न्याय खोज्न ब्युरो पुगेकी आफूलाई एक प्रहरीले “छोरी मान्छे भएपछि थुतुनो र मु… सम्हाल्नुपर्छ” भन्दै हप्काएको थियो । उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो बहस जन्माएको थियो । धेरैले प्रहरी संगठनभित्रको व्यवहारमाथि प्रश्न उठाएका थिए । तर, त्यसपछि साइबर ब्युरोले विज्ञप्ति निकालेर फरक दाबी गर्यो । ब्युरोका अनुसार अमिषाकी आमालाई बोलाएर सोधपुछ गर्दा “कुनै पनि प्रहरी कर्मचारीले त्यस्तो शब्द प्रयोग नगरेको” बताइएको छ ।
यति मात्र होइन, छोरीको अभिव्यक्तिबाट प्रहरी संगठन र साइबर ब्युरोलाई असर परेको भन्दै आमाबाट लिखित माफीसमेत गराइएको ब्युरोले जनाएको छ ।
प्रश्न अब बयानभन्दा प्रक्रियामा
घटनापछि अहिले सामाजिक सञ्जालमा अर्को प्रश्न उठ्न थालेको छ । यदि अमिषाको आरोप गलत थियो भने कानुनी प्रक्रिया किन अगाडि बढाइएन ? र यदि आरोप गम्भीर थियो भने आमालाई बोलाएर ‘माफीपत्र’ किन ?
धेरैले यसलाई “पीडितलाई नै दबाब दिने शैली” भनेर आलोचना गरेका छन् । किनकि, अभिव्यक्ति दिने व्यक्ति अमिषा स्वयं हुन् । तर, माफी माग्नुपर्ने अवस्थामा भने उनकी आमा पुगिन् ।
आलोचना सहने कि दबाउने ?
घटनाले साइबर ब्युरोको भूमिकामाथि पनि बहस सुरु गराएको छ । सामाजिक सञ्जालमा आलोचना आउनेबित्तिकै त्यसलाई खण्डन गर्ने नाममा परिवारलाई नै बोलाएर लिखित कागज गराउनु उचित हो कि होइन भन्ने प्रश्न उठेको छ ।
कतिपयले यसलाई “डर देखाउने शैली” भनेका छन् भने केहीले प्रहरी संगठनको प्रतिष्ठा जोगाउने प्रयासका रूपमा व्याख्या गरेका छन् । तर, एउटा कुरा स्पष्ट देखिएको छ ।अमिषाको एउटा अभिव्यक्तिले अहिले साइबर ब्युरोको कार्यशैलीमाथि नै बहस छेडिदिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: