Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

केराको उच्च मूल्यले सुनसरीका किसान उत्साहित

खबरडबली संवाददाता

इनरुवा। सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका किसान बुधनारायण मेहताले केरा खेती गर्न थालेको दशक भयो । आफूले उत्पादन गरेको केराले उचित मूल्य नपाएको भन्दै उहाँ प्रत्येक वर्ष निराशा व्यक्त गर्दै आएको थिए भने कतिपय बेला आन्दोलनसमेत गरेको थिए। यसपालि भने चैत महिनाको अन्त्यदेखि उनी खुसी छन्। इनरुवा र भोक्राहा नरसिंह क्षेत्रमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका उनले यसपटक अहिलेसम्मकै उच्च मूल्य पाएकाले दंग भएको छन् ।

“गत वर्ष मूल्य नै नपाएर कोसाको १–२ रुपियाँमा बेच्नुपर्‍यो । कति त्यत्तिकै खेर गयो, कति गाईभैँसीलाई खुवाउनुपर्‍यो,” मेहताले भने, “अहिले ५–७ रुपियाँ प्रति कोसा मूल्यमा व्यापारी बगानमै आइरहेका छन् ।”

मेहताको बगानबाट दैनिक एक गाडी केरा बिक्री भइरहेको छ । एउटा गाडीमा १५ हजारदेखि २५ हजार कोसा केरा अट्ने र यसबाट लगानीअनुसारको प्रतिफल पाउने देखिएकाले खुसी लागेको उनले बताए। उहाँले स्थानीय, हाइब्रिड तथा मालभोग र हरियो जातका (जिनाइन) केरा खेती गरेको छन् । उत्पादन पनि राम्रो र मूल्य पनि राम्रो भएकाले फाइदा हुने उनको भनाइ छ ।

इनरुवा–९ बबियाकै अर्का किसान श्यामप्रसाद यादवले पनि पाँच बिघामा केरा खेती गर्नुभएको छ । यस वर्ष बालीमा धेरै रोग नलागेको र हावाहुरीले पनि क्षति नगरेको तथा एक महिनायता बजारमा अहिलेसम्मकै उच्च मूल्य पाएकाले सोचेभन्दा बढी फाइदा हुने उनले बताए।

“यसपालि केराको कोसा पनि ठुला छन्, मूल्य पनि राम्रो छ, किन्ने व्यापारी खोज्दै बगानमै आइरहेका छन्,” यादवले भन्नुभयो । बबियाकै किसान दिनेश मेहताले १२ वर्षदेखि केरा खेती गर्दै आएको छन् । उनले पनि यस वर्ष बगानबाटै ५–७ रुपियाँ प्रतिकोसा मूल्यमा केरा बिक्री गरिरहेको छन् ।

मेहताका अनुसार प्रतिकोसा चार रुपियाँसम्म मूल्य पाएमा किसानलाई घाटा नहुने अवस्था हुन्छ । उनले गत वर्ष १–२ रुपियाँमै बिक्री गर्न बाध्य भएको उल्लेख गर्दै सरकारले सीमानाकामा कडाइ गरेपछि भारतीय केरा आयात घटेकाले नेपाली किसानले उचित मूल्य पाएको बताए। उनका अनुसार अहिले उनको सातामा दुई गाडी केरा बिक्री भइरहेको छ र काठमाडौँ, पोखरा तथा नारायणगढका व्यापारीलाई बिक्री भइरहेको छ ।

किसानहरूका अनुसार चैत, वैशाख, जेठ, असार र साउन केरा बिक्रीका लागि राम्रो समय हो । तर अघिल्ला वर्षहरूमा यही अवधिमा प्रतिकोसा तीन रुपियाँभन्दा माथि नपुगेकाले किसान निराश हुने गरेका थिए ।

यस वर्षको मूल्य निरन्तर कायम रहेमा प्रतिबिघा तीन लाखदेखि साढे पाँच लाख रुपियाँसम्म नाफा हुन सक्ने किसानहरूको अनुमान छ । हाल किसानले प्रतिदर्जन ६० देखि ८४ रुपियाँमा बिक्री गरिरहेका छन् भने बजारमा १५० देखि २०० रुपियाँसम्म बिक्री भइरहेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा प्रतिहेक्टर २८ देखि ३० मेट्रिक टन केरा उत्पादन हुन्छ । सुनसरीमा ६ सय ७५ हेक्टर क्षेत्रमा केरा खेती हुँदै आएको छ । नेपालमा कुल केरा उत्पादन तीन लाख ८ हजार ३८८ मेट्रिक टन रहेको र यो कुल मागको करिब ६० प्रतिशत रहेको व्यापारी दीपक यादवले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending