काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्षासम्मका विषयमा सिंहदरबार आज छलफलमै व्यस्त हुने भएको छ ।
संघीय संसद् अन्तर्गतका समितिहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, सरकारी तयारी, मानव अधिकार अवस्था र नीति कार्यान्वयनबारे सरकारसँग जवाफ खोज्ने तयारी गरेका छन् ।
बजेटमाथि अर्थ समितिको ‘होमवर्क’
अर्थ समिति को बैठक दिउँसो ३ बजे बस्दैछ । आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।
हिरासत र कारागारको मानव अधिकारमाथि प्रश्न
कानुन, न्याय तथा मानव अधिकार समिति ले कारागार र प्रहरी हिरासतमा रहेका कैदीबन्दीको अवस्थाबारे गृह मन्त्रालय सँग छलफल गर्ने भएको छ ।
मध्यपूर्व युद्धको असर नेपालका पूर्वाधारमा !
पूर्वाधार विकास समिति ले मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको असरबारे छलफल गर्दैछ । निर्माण सामग्री, इन्धन र श्रमिक व्यवस्थापनमा असर परेको अनुमान गरिएको छ ।
‘गोप्य’ एजेण्डामा उद्योग समिति
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को बैठक समय सारेर दिउँसो २ बजे राखिएको छ । तर बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन ।
महिला, बालबालिका र सामाजिक सुरक्षामाथि छलफल
महिला तथा सामाजिक मामिला समिति ले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ ।
सुकुम्बासी होल्डिङ सेन्टरदेखि विपद् तयारीसम्म
राज्य व्यवस्था तथा सुशासन समिति ले बनेपाको विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर अनुगमनबाट देखिएका विषय र विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीमाथि छलफल गर्नेछ ।
सञ्चार मन्त्रालयको ‘रिपोर्ट कार्ड’
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ले सूचना तथा सञ्चार मन्त्रालयको वर्तमान अवस्था र भावी योजनाबारे छलफल गर्दैछ ।
बेरुजु फर्छ्यौटबारे महालेखापरीक्षकसँग छलफल
सार्वजनिक लेखा समिति को बैठकमा बेरुजु फर्छ्यौट र सरकारी खर्चको पारदर्शिताबारे महालेखापरीक्षकको कार्यालय सँग छलफल हुनेछ ।
बजेट तर्जुमामा अर्थमन्त्रीसँग प्रत्यक्ष संवाद
विकास, आर्थिक मामिला तथा सुशासन समिति ले आगामी बजेट निर्माणका विषयमा अर्थमन्त्रीसँग छलफल गर्नेछ ।
समितिको कार्यविधिदेखि लैङ्गिक असमानतासम्म
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति ले कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति समीक्षा गर्ने र नयाँ उपसमिति गठनबारे निर्णय गर्ने तयारी गरेको छ ।
सिंहदरबारमा आजको दृश्यले एउटा प्रश्न फेरि उठाएको छ । बैठक धेरै बस्ने, तर निर्णय र कार्यान्वयन कति हुने ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...
जेष्ठ ८ गते, २०८३ - ०९:१२
रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बज...
जेष्ठ ८ गते, २०८३ - ०९:०९
काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्ष...
जेष्ठ ८ गते, २०८३ - ०९:०७
जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक ...
जेष्ठ ८ गते, २०८३ - ०९:०२
काठमाडौं । जेठ लागेसँगै तरकारी तथा फलफूल बजारको भाउ फेरि उकालो लागेको छ । कालिमाटीमा संकलित दैनिक थोक मूल्यअनुसार सामान्य तरकारीदेखि फलफूल र च्याउसम्म...
जेष्ठ ८ गते, २०८३ - ०८:५६
मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण क...
जेष्ठ ८ गते, २०८३ - ०८:५३
म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, द...
जेष्ठ ८ गते, २०८३ - ०८:४८
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । एक सूचना जार...



प्रतिकृया लेख्नुहोस्: