काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाले जारी गरेको विज्ञप्तिमा किशोर श्रेष्ठले लामो समयदेखि निर्भीक, खोजमूलक र जनपक्षीय पत्रकारिता गर्दै महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरिएको छ। साथै जनआस्था साप्ताहिकले रचनात्मक प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरिएको छ।
प्रेस सेन्टरका अनुसार हालैका दिनमा वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध योजनाबद्ध षड्यन्त्र भएको आशंका गर्ने खालका घटनाहरू देखिएका छन्। विदेशी नम्बरबाट फोन आउने, जनआस्था कार्यालयमुनि मदिराको बोतल तथा नगद रकम छाडिने, र समाचारका लागि आर्थिक प्रलोभन दिने प्रयासजस्ता गतिविधि भएको विज्ञप्तिमा उल्लेख छ।
यस्ता घटनाले छिमेकी मुलुकसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्ने खतरा रहेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ।
प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भएको भन्दै कुनै पनि पत्रकार वा सञ्चारमाध्यमलाई दबाब, धम्की वा षड्यन्त्रमार्फत कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
संस्थाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सबै पक्षसँग आग्रह गरेको छ।
विज्ञप्तिमा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले हस्ताक्षर गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ०८:३५
जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...
जेष्ठ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...
जेष्ठ ३१ गते, २०८३ - ०८:२३
धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...
जेष्ठ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...
जेष्ठ ३१ गते, २०८३ - ०८:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...
जेष्ठ ३१ गते, २०८३ - ०८:०५
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...
जेष्ठ ३१ गते, २०८३ - ०८:०१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...
जेष्ठ ३१ गते, २०८३ - ०७:५७
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...
जेष्ठ ३१ गते, २०८३ - ०७:४९
इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...
जेष्ठ ३१ गते, २०८३ - ०७:४७
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...



प्रतिकृया लेख्नुहोस्: