काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताएको छन् ।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गरे। उनले गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित गरेको बताए।
उनले भने, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको छ । यसले देशवासीलाई जोडेर साझा राष्ट्र बनाउने संकल्पतर्फ प्रेरित गरेको छ । त्यसैले यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो ।”
राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिए। गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उनको भनाइ थियो ।
उनले राजनीतिक तथा शासकीय अभ्यासलाई नैतिकता, निष्ठा र मूल्य–मान्यतामा आधारित बनाउनुपर्ने उल्लेख गरे। ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउँदै उनले नागरिकको जीवनमा आशा र विश्वास जगाउनु राज्यको दायित्व भएको धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारमा पुष्टि गर्न शासकीय चरित्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सुशासन, विकास र समृद्धिका माध्यमबाट मात्र गणतन्त्रको लक्ष्य पूरा हुने बताए।
उनले भने, “जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन । नागरिकले सुशासन र समृद्धि चाहेका छन् । त्यसका लागि स्रोतको उच्चतम उपयोग आवश्यक छ ।”
उनले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको सुदृढीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गरे।
राष्ट्रपति पौडेलले गणतन्त्रलाई विश्वकै उत्कृष्ट शासन व्यवस्था भन्दै नागरिक सर्वोच्चताको अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको बताए। संघीयता, समावेशिता र सामाजिक न्यायले यस व्यवस्थालाई थप सुदृढ बनाएको उनको भनाइ थियो ।
उनले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गरे।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: