Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

घरजग्गा व्यवसाय संकटमा, नीतिगत सहजीकरण गर्न व्यवसायीको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले हालको अस्पष्ट सरकारी नीतिका कारण व्यवसायी मात्र होइन, सर्वसाधारणको आवास पहुँचसमेत प्रभावित भएको जनाएको छ।

संघको १३औँ साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दीपक कुँवरले रियल इस्टेट क्षेत्र लामो समयदेखि नीतिगत अन्योल र कानुनी जटिलतामा फसेको बताए। उनका अनुसार स्पष्ट नीति र सहज वातावरणको अभावमा धेरै व्यवसायी आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।

“अस्पष्ट नीतिका कारण व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। यो अवस्था केवल व्यवसायीका लागि मात्र होइन, समग्र अर्थतन्त्र र आवास क्षेत्रका लागि पनि चिन्ताजनक हो,” अध्यक्ष कुँवरले भने।

उनले व्यवस्थित बस्ती विकासलाई प्राथमिकता दिँदै रियल इस्टेट कम्पनीहरूलाई जग्गा हदबन्दीको व्यवस्थाबाट छुट दिनुपर्ने माग गरे। साथै, निर्माण सम्पन्न भएका आवास तथा अपार्टमेन्ट बिक्रीमा देखिएका कानुनी अवरोधहरू हटाउन सरकारसँग आग्रह गरे।

संघले हाल कित्ताकाट सम्बन्धी क्षेत्रमा गरिएको अस्थायी सहजीकरणलाई दीर्घकालीन समाधानमार्फत व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। त्यस्तै, योजना स्वीकृति प्राप्त रियल इस्टेट कम्पनीहरूलाई नगर विकास समिति सरहको अधिकार र सुविधा उपलब्ध गराई ‘ल्याण्ड पुलिङ’ तथा ‘हाउस पुलिङ’ कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने माग पनि अघि सारेको छ।

यसबाहेक, एकीकृत सहरी विकास ऐन र भूमि संहितालाई शीघ्र जारी गर्न, मालपोत तथा नापी कार्यालयमा पूर्ण रूपमा विद्युतीय प्रणाली लागू गर्न तथा सेवा प्रवाहलाई पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउनुपर्ने संघको जोड छ।

व्यवसायीहरूले घरजग्गा क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रलाई चलायमान बनाउने नीति ल्याउन सके निर्माण, बैंकिङ, रोजगारी तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending