Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

काठमाडौंका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता

३५ वर्षदेखि समाधान हुन नसकेको समस्या केही मिनेटमै समाधान हुँदैन

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधान गरी उचित व्यवस्थापन गरिने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको योजना रहेको बताए।

उनले स्थानीय तहमा रहँदा पनि संघीय सरकारलाई सुकुमवासीहरूलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारेर अस्थायी होल्डिङ सेन्टरमा राख्न तथा वास्तविक भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउन सुझाव दिएको स्मरण गराए।

प्रधानमन्त्री शाहले सुकुमवासी समस्या जटिल र दीर्घकालीन भएकाले यसको समाधानमा समय लाग्ने उल्लेख गर्दै तत्काल परिणामको अपेक्षा नगर्न आग्रह गरे। उनले विगत ३५ वर्षदेखि समाधान हुन नसकेको समस्या केही मिनेटमै समाधान हुन नसक्ने बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापनसम्बन्धी काम अघि बढाइने जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहका अनुसार नदी तथा खोलाकिनारका जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका सुकुमवासीहरू बाढी, डुबान, अस्वास्थ्यकर वातावरण र सरसफाइको समस्याबाट प्रभावित हुँदै आएका छन्। उनीहरूको ज्यान र स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तत्काल आवश्यक कदम चालेको उनले स्पष्ट पारे।

उनले भूमिसम्बन्धी समिति गठन भइसकेको र सम्बन्धित मन्त्रालयमार्फत जग्गा व्यवस्थापन तथा पुनर्स्थापनाको काम अगाडि बढिरहेको जानकारी दिए। साथै, समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै सरकारले जिम्मेवार ढंगले काम गरिरहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

भिजिट भिसा दुरुपयोग रोक्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...

प्रतिनिधिसभामा नियमावली विवाद: सभामुखकै अभिव्यक्ति हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ: प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...

सभामुखद्वारा ऐन महर, ध्रुव र आरेन राईलाई मर्यादा कायम गर्न सचेत गराइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...

संसदमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदहरूले बाहिर निकाले

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...

भ्रष्टाचार अन्त्य गर्नेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...

सबै प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्छौं: प्रधानमन्त्री शाह

काठमाडौँ।प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन तथा दमनसँग सम्बन्धित घटनामा नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदनहरूको समग्र अ...

काठमाडौंका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता

३५ वर्षदेखि समाधान हुन नसकेको समस्या केही मिनेटमै समाधान हुँदैन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending