Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले शुक्रबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना  छ । मधेश कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा पनि वर्षाको सम्भावना छ ।

यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ ।

आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।

साथै, महाशाखाले तापक्रम बढ्ने सम्भावना रहेका विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म  विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending