महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद चर्किंदै गएपछि सुरक्षा संवेदनशीलता र सहमतिका लागि समय आवश्यक परेको भन्दै अधिवेशनका बाँकी कार्यक्रम रोकिएका हुन्।
नगर तथा क्षेत्रीय अधिवेशनदेखि सुरु भएको विवाद र कुटपिटका घटनाले जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ। जिल्ला अधिवेशन निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार अर्को सूचना प्रकाशित नभएसम्म अधिवेशनसँग सम्बन्धित सबै कार्यक्रम स्थगित रहनेछन्।
समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच विवाद उत्पन्न भएको र त्यसको समाधानका लागि आपसी सहमति आवश्यक रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ।
पार्टी स्रोतका अनुसार उम्मेदवारी दर्ता, प्रतिनिधि छनोट तथा नेतृत्व चयनका विषयमा विभिन्न समूहबीच चर्को विवाद देखिएको थियो। जिल्ला नेतृत्व चयनलाई लिएर नेताहरूबीच पनि तीव्र मतभेद रहेको बताइएको छ।
जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक मनिषकुमार साह ले जारी गरेको विज्ञप्तिमा विवादित पक्षहरूबीच छलफल गरी सहमतिका आधारमा अघि बढ्ने वातावरण बनाउन समय आवश्यक परेको उल्लेख गरिएको छ।
पार्टीभित्रको विवाद समाधान भएपछि मात्र अधिवेशनका बाँकी कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: