म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसराइको गहिरो असर फेरि उजागर भएको छ।
कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयमा अहिले कक्षा १ र २ मा कुनै पनि विद्यार्थी छैनन्। कक्षा ३ मा दुई जना र बालकक्षामा एक जना गरी जम्मा तीन जना विद्यार्थी मात्रै अध्ययनरत छन्।
त्यही अनुपातमा विद्यालयमा शिक्षक–कर्मचारी पनि तीन जना छन्। स्थायी दरबन्दीका प्रधानाध्यापक शान्ति राम्जाली, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सहयोगी सुर्जना रोकाले विद्यालय सञ्चालन गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक राम्जालीका अनुसार बसाइँसराइ र जन्मदर घट्दै जाँदा विद्यार्थी संख्या निरन्तर घटिरहेको छ। उनका अनुसार २०७२ सालसम्म १५ देखि २० जनासम्म विद्यार्थी हुने गरे पनि अहिले अवस्था पूर्ण रूपमा बदलिएको छ।
“भालेबास र कोप्चेपानी क्षेत्रमा अहिले २५ घरधुरी जति मात्र छन्,” उनले भने, “बच्चा जन्मिने दर घट्यो, धेरै परिवार बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी नै नहुने अवस्था आयो।”
भवन छ, सुविधा छ, तर विद्यार्थी छैनन्
विद्यालयमा सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षाको व्यवस्था भए पनि विद्यार्थी नहुँदा कक्षा कोठा सुनसान देखिन्छ। केही वर्षअघि कोप्चेपानीस्थित विद्यालय भवन कालीगण्डकी बाढीले बगाएपछि विद्यालय भालेबासमा सारिएको थियो।
तर स्थानान्तरणपछि पनि विद्यार्थी संख्या बढ्न सकेन। उल्टै घट्दै जाँदा गत वर्ष गाउँपालिकाले एक शिक्षकको दरबन्दी समेत कटौती गरेको थियो।
गाउँ रित्तिँदै, विद्यालय संकटमा
स्थानीयवासीका अनुसार बसाइँसराइका कारण गाउँहरू क्रमशः खाली हुँदै गएका छन्। तुलाराम बुढाका अनुसार नजिकैका ठाडा, किन्दु र अन्य बस्तीमा पनि विद्यार्थी संख्या अत्यन्त न्यून छ।
“बालबालिकाले एक घण्टा हिँडेर अर्को गाउँको विद्यालय जानुपर्छ,” उनले भने, “त्यसैले विद्यालय टिकाउने कि नजिकै सुविधा बनाउने भन्ने चुनौती छ।”
नीति परिवर्तनको प्रयास
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार भौगोलिक विकटता र घट्दो विद्यार्थी संख्यालाई ध्यानमा राखेर कक्षा समायोजन र दरबन्दी पुनर्संरचना नीति लागू गरिएको छ।
उनका अनुसार कम विद्यार्थी भएका विद्यालयहरूमा कक्षा घटाउने र शिक्षक व्यवस्थापन पुनः मिलाउने काम भइरहेको छ।
ग्रामीण क्षेत्रमा देखिएको यो अवस्था बसाइँसराइको प्रत्यक्ष असर मात्र होइन, दीर्घकालीन रूपमा शिक्षा प्रणालीमै चुनौती थप्ने संकेतका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: