काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले सरकारले राजदरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेको स्वागतयोग्य भए पनि त्यसलाई औपचारिकतामा सीमित गर्न नहुने बताए।
उनले भने, “गृहमन्त्रीले राजदरबार हत्याकाण्डको छानबिन गर्ने कुरा गर्नुभएको छ, हामी त्यसको स्वागत गर्छौं। तर केही व्यक्तिलाई जोगाउने वा औपचारिकतामै सीमित हुने ढंगले छानबिन गरियो भने त्यसको कुनै अर्थ रहँदैन।”
घिसिङले दरबार हत्याकाण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको समेत भूमिका रहेको आशंका व्यक्त गर्दै अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राखे।
उनले राजदरबार हत्याकाण्डसँगै नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु प्रकरणबारे पनि पुनः छानबिन गर्नुपर्ने बताए। “मदन भण्डारीको मृत्युबारे पटक–पटक प्रश्न उठ्ने गरेको छ। विभिन्न समयमा सत्ता र नेतृत्वमा पुगेका व्यक्तिहरूले समेत यसलाई हत्या भनेका छन्। त्यसबारे स्पष्ट सत्य बाहिर आउनुपर्छ,” उनले भने।
घिसिङले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे पनि विभिन्न आशंका सार्वजनिक हुने गरेको उल्लेख गर्दै त्यसबारे समेत सत्यतथ्य पत्ता लगाउन आवश्यक रहेको बताए।
उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनामात्र नभई निर्मला पन्त हत्या प्रकरण, टिकापुर घटनालगायत चर्चित तथा विवादित घटनाको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।
“सत्य तथ्य बाहिर ल्याउने र नागरिकमा न्यायप्रति विश्वास कायम गर्ने हो भने कुनै पनि संवेदनशील घटनालाई राजनीतिक चस्माबाट होइन, तथ्य र प्रमाणका आधारमा हेर्नुपर्छ,” घिसिङले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...
श्रावण ९ गते, २०८३ - १९:४१
काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...



प्रतिकृया लेख्नुहोस्: