Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत सामूहिक रूपमा खेल हेर्ने तयारी बढेको छ। तर, यस्ता कार्यक्रमले भौतिक सुरक्षादेखि डिजिटल ठगीसम्मका जोखिम निम्त्याउन सक्ने भन्दै प्रशासन र प्रहरीले सचेत गराएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई रातिको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा नगर्न आग्रह गरेको छ। प्रशासनका अनुसार अनुमति लिएर मात्रै सामूहिक रूपमा विश्वकपका खेल प्रदर्शन गर्न पाइनेछ।

प्रशासनले अनुमति नलिई सञ्चालन गरिने यस्ता कार्यक्रमबाट शान्ति–सुरक्षामा असर पर्नुका साथै अमर्यादित, उच्छृंखल तथा गैरकानुनी गतिविधि हुन सक्ने जोखिम रहेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मदिरा सेवन, बाजी राख्ने प्रवृत्ति, हार–जितलाई लिएर हुने विवाद तथा झगडाका कारण यस्ता कार्यक्रम सुरक्षा चुनौतीपूर्ण बन्न सक्छन्। त्यसैले आयोजकको सुरक्षा व्यवस्था, पार्किङ, प्रकाश, शौचालयलगायतका मापदण्ड तथा आसपासको क्षेत्रमा पर्न सक्ने प्रभावको मूल्यांकन गरेर मात्रै अनुमति दिइने उनले बताए।

प्रहरीका अनुसार सामूहिक रूपमा खेल प्रदर्शन हुने स्थानमा बेटिङ, ठगी तथा अन्य अवाञ्छित गतिविधिमाथि निगरानीसमेत गरिनेछ।

हालसम्म काठमाडौंका गौरीघाट, स्युचाटार, बेसीगाउँ, लाजिम्पाट, नयाँ बानेश्वर, बुढानीलकण्ठ, गैरीधारा, आलोकनगर, पुरानो बानेश्वर शान्ति चोक, सिनामंगल शम्भुमार्ग र बाँसबारीसहित ११ स्थानमा प्रोजेक्टरमार्फत खेलको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइसकिएको प्रहरीले जनाएको छ।

यता, विश्वकपसँगै डिजिटल ठगीका घटना पनि बढ्न थालेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीका अनुसार विश्वकप निःशुल्क हेर्न पाइने भन्दै पठाइने लिंकमार्फत ठगी हुने क्रम बढ्दो छ।

ब्युरोका अनुसार हालसम्म १०० जनाले आफू ठगिएको भन्दै उजुरी दिएका छन्। ती घटनामा करिब २ करोड ९ लाख रुपैयाँ ठगी भएको प्रारम्भिक विवरण छ। ठगी गर्नेहरूले निःशुल्क प्रसारणको प्रलोभन देखाउँदै लिंक पठाउने र त्यसमा क्लिक गरेपछि मोबाइल बैंकिङ तथा डिजिटल वालेटमा पहुँच पुर्‍याएर रकम चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।

साइबर ब्युरोले अपरिचित स्रोतबाट आएका लिंक क्लिक नगर्न तथा विश्वकप हेर्ने नाममा फैलाइने अनलाइन प्रलोभनबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडी...

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन, देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागबाट मनसुनी...

राष्ट्रपतिलाई भोटे देखाएर सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...

राहदानी काण्डमा अख्तियारको म्यादपछि आरजुको जवाफ : ‘उपचारमा छु, अहिले आउन सक्दिनँ’

काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...

काठमाडौं महानगरको बजेट : कुन क्षेत्रलाई कति बजेट ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा...

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...

अर्थतन्त्रका ‘गेम चेन्जर’ सम्मानित : निजी क्षेत्रको मनोबल बढाउन २९ अवार्ड

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...

२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...

सात लाख ऋण, दुई महिना मै चुक्ता : टमाटरले लेखेको बाँकेका वीरेन्द्रकाे सफलता कथा

बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending