Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

तस्विर साैजन्यः नेपाल प्रहरी
खबरडबली संवाददाता

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेपछि प्रहरीले उनको लाइसेन्सबारे खोजी थालेको थियो, तर हालसम्म नागरिकता नम्बरका आधारमा कुनै आधिकारिक रेकर्ड फेला परेको छैन।

कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार साम्पाङले प्रयोग गरिरहेको नागरिकता नम्बरबाट लाइसेन्सको विवरण खोज्दा कुनै प्रमाण भेटिएको छैन। ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नभएको पुष्टि भए कानुनअनुसार जरिवाना गरिनेछ।

यातायात व्यवस्था कार्यालय, कोशीले पनि डिजिटल अभिलेखमा हर्कबहादुर राई नाममा मिल्ने लाइसेन्स नभेटिएको जनाएको छ। कार्यालय प्रमुख निर्मल मानन्धरका अनुसार बाबुको नाम तिलबहादुर राई उल्लेख भएको एउटा पुरानो लाइसेन्स देखिए पनि त्यसमा रहेको नागरिकता नम्बर हालको विवरणसँग मेल खाँदैन।

प्रहरीले लाइसेन्सको प्रमाण खोज्न यातायात कार्यालयसँग समन्वय गरे पनि स्पष्ट रेकर्ड भेटिएको छैन। पुराना कागजी अभिलेख भने विगतको आन्दोलनका क्रममा आगजनी भएर नष्ट भएकाले थप पुष्टि गर्न कठिन भएको अधिकारीहरू बताउँछन्।

साम्पाङ जेठ २२ गते उदयपुरमा हेल्मेटबिना मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेका थिए। घटनापछि ट्राफिक प्रहरीले लापरबाहीपूर्ण सवारी सञ्चालन गरेको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

दुर्घटनापछि काठमाडौं फर्किएका साम्पाङबाट जरिवाना असुल गर्न इटहरी ट्राफिकले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रसिदसमेत पठाइसकेको जनाएको छ।

एकातिर सडक सुरक्षाबारे भाषण गर्ने, अर्कोतिर आफ्नै लाइसेन्सको रेकर्ड नखुल्ने अवस्था देखिएपछि साम्पाङमाथि प्रश्न झन् चर्किएको छ। अब उनले लाइसेन्सको वैध प्रमाण प्रस्तुत गर्छन् कि गर्दैनन् भन्ने चासो बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending