Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

कांग्रेसभित्रै निरंकुशता सुरु भयो : डा. शेखर कोइराला

खबरडबली संवाददाता

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र स्थापना र निरंकुशताको अन्त्यका लागि स्थापित नेपाली कांग्रेसभित्रै निरंकुश प्रवृत्ति मौलाउन थालेको आरोप लगाएका छन्।

कोशी प्रदेशस्तरीय भेलालाई विराटनगरमा सम्बोधन गर्दै उनले देशको लोकतन्त्र इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको दाबी गरे। उनले २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक बनेको उल्लेख गर्दै कांग्रेस त्यही मार्गबाट अघि बढ्नुको विकल्प नरहेको बताए।

“नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक शक्ति बीच सहकार्य र एकता आवश्यक छ,” उनले भने।

कोइरालाले पार्टी सभापति गगन थापासँग भएको संवादको प्रसंग उल्लेख गर्दै आफूले अघि सारेका पाँचवटा प्रस्ताव स्वीकार गरिए पनि सहमति हुन नसकेकोमा प्रश्न उठाए। “मैले राखेका पाँचवटै कुरा स्वीकार भएको हो भने सहमति गर्न अहिले के कुराले रोक्यो ?” उनले प्रश्न गरे।

उनले सभापति थापाले कोइराला निवासमै पुगेर आफ्ना समर्थकहरूलाई कारबाहीको चेतावनी दिएको दाबी गर्दै त्यसपछि बाध्य भएर आफूले सार्वजनिक रूपमा पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको बताए।

कांग्रेसभित्र सहमतिबिना पार्टी अगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अघि सारेको ‘सहमति, सहकार्य र एकता’ को मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने धारणा राखे।

“सहमति, सहकार्य र एकताबाटै हामी अघि बढ्नुपर्छ। यसको सुरुआत आफ्नै पार्टीभित्रबाट हुनुपर्छ,” उनले भने।

भाषणको क्रममा कोइरालाले आफू कुनै पनि परिस्थितिमा पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेसलाई फुट्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending