Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गरिएको छ।

मोर्चाको एकता घोषणा तथा केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै नेकपाका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले नवगठित सङ्गठनलाई सक्रिय र गतिशील बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।

उनले समाजमा दलित समुदायप्रति हुने घृणा, विभेद र अपमानजनक व्यवहार अस्वीकार्य रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका लागि सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे। “जिम्मेवारी पाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई प्रभावकारी रूपमा निर्वाह गर्नु अझ महत्त्वपूर्ण हो,” उनले भने।

बैठकमा नेकपाका केन्द्रीय सदस्य परशुराम रम्तेलले ५३३ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका थिए। साथै, एकीकृत भएका विभिन्न सङ्गठनका पदाधिकारीलाई समेटेर ६७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ।

घोषित संरचनाअनुसार तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली नवनिर्मित नेपाल दलित मोर्चाको संयोजक चयन भएका छन्। त्यसैगरी, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठनका अध्यक्ष रामअवतार पासवान सह–संयोजक बनेका छन्।

मोर्चाले दलित समुदायका अधिकार, सामाजिक न्याय, समानता र राजनीतिक प्रतिनिधित्वका मुद्दालाई थप सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending