Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

चिया निर्यातमा भारतीय तगारो, पूर्वका उद्योग बन्द हुने अवस्थामा

खबरडबली संवाददाता

काठमाडौं । भारतीय बजारमा नेपाली चियामाथि लगाइएको नयाँ प्रक्रियागत अवरोधका कारण निर्यात प्रभावित भएपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुन थालेका छन्। भारतीय टी बोर्डले प्रयोगशाला परीक्षणको नाममा चिया रोक्न थालेपछि उद्योगीहरू उत्पादन नै बन्द गर्ने अवस्थामा पुगेका हुन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपाल, इलामले आइतबार विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि आफ्ना सदस्य उद्योगहरू बन्द गर्ने घोषणा गरेको छ। झापाका उद्योगीहरूले पनि असार ४ गतेदेखि उद्योग बन्द गर्ने तयारी गरेका छन्।

एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार भारत पुगेका नेपाली तयारी चिया परीक्षण प्रतिवेदनको प्रतीक्षामा गोदाममै थन्किएका छन्। “पहिला सीमामै रोक्ने गरिएको थियो, अहिले भारत पुगेपछि गोदाममै राखेर परीक्षणको नाममा अड्काउने गरिएको छ,” उनले भने, “रिपोर्ट आउनै हप्तौं लाग्ने भएकाले उद्योग सञ्चालन असम्भवजस्तै बनेको छ।”

उद्योगीहरूका अनुसार भारतले कागजमा परीक्षण प्रक्रिया खुकुलो बनाए पनि व्यवहारमा भने चिया निर्यातमा अवरोध कायम राखेको छ। कोलकातास्थित गोदाममा पुगेपछि प्रत्येक खेपको नमूना संकलन गरी परीक्षण गरिन्छ र प्रतिवेदन आउन १५ देखि ३० दिनसम्म लाग्ने गरेको छ। कतिपय अवस्थामा रिपोर्ट आउन दुई महिनासम्म लाग्ने उद्योगीहरूको गुनासो छ।

हाल इलामका विभिन्न गोदाममा मात्रै करिब २ लाख ५० हजार किलो अर्थोडक्स चिया थन्किएको छ। सिटिसी चियासमेत जोड्दा यो परिमाण ३ लाख किलोभन्दा बढी पुगेको उद्योगीहरूको भनाइ छ। नेपालभित्रका उद्योगहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा रहेको दाबी गरिएको छ।

बजारमा निकास नपाउँदा उद्योगीहरूले किसानबाट खरिद गरिएको हरियो पत्तिको भुक्तानीसमेत गर्न नसकेको बताएका छन्। “सरकारले समयमै पहल गरेको भए यस्तो अवस्था आउने थिएन,” लिम्बूले भने, “अहिले किसान, मजदुर र उद्योग सबै मारमा परेका छन्।”

इलामको सूर्योदय क्षेत्रमा मात्रै ६२ भन्दा बढी अर्थोडक्स चिया उद्योग सञ्चालनमा छन्। वार्षिक ६० देखि ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने इलाममा उत्पादनको ठूलो हिस्सा यही क्षेत्रबाट आउने गर्छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले झापाका उद्योगहरूले असार ३ गतेसम्म हरियो पत्ति खरिद गर्ने र त्यसपछि उद्योग बन्द गर्ने तयारी गरेको जानकारी दिए। यसबाट झापाका करिब ३६ उद्योग प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

उद्योगीहरूका अनुसार समस्या सीमामा नभई भारत प्रवेश गरिसकेपछि सुरु हुने गरेको छ। “बोर्डर पार गर्न कठिनाइ छैन, तर अन्तिम गन्तव्यमा पुगेपछि विभिन्न बहाना बनाएर चिया रोक्ने गरिएको छ,” पराजुलीले भने।

उद्योगीहरूले दार्जिलिङका उद्योगहरूमा अनौपचारिक रूपमा नेपाली हरियो पत्ति सहजै पुग्ने तर वैधानिक रूपमा निर्यात गरिएको तयारी चिया भने परीक्षणको नाममा रोकिनु विरोधाभासपूर्ण भएको बताएका छन्।

चिया उद्योग बन्द हुने अवस्थामा पुगेपछि हजारौं किसान र श्रमिक प्रत्यक्ष प्रभावित हुने निश्चित छ। अहिले चिया उत्पादनको मुख्य सिजन रहेकाले उद्योग बन्द हुँदा हरियो पत्ति बिक्रीमा समस्या आउने र रोजगारीमा समेत असर पर्ने उद्योगीहरूको चेतावनी छ।

नेपालमा हाल करिब १२० चिया उद्योग र १०० भन्दा बढी साना तथा मझौला चिया उद्यम सञ्चालनमा छन्। यस क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिसले रोजगारी पाइरहेका छन्। गत आर्थिक वर्षमा मात्रै नेपालले सिटिसी र अर्थोडक्स चिया निर्यातबाट करिब ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो।

उद्योगीहरूले समस्या समाधानका लागि संघीय सरकार, राजनीतिक दल र सरोकारवाला निकायलाई तत्काल कूटनीतिक तथा व्यापारिक पहल गर्न आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending