Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृतम् दिवस मनाइँदै छ।

वि.सं. २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीहरूले संस्कृतका परम्परागत विषयसँगै अङ्ग्रेजी, गणित, विज्ञान र भूगोलजस्ता आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका थिए। यही आन्दोलनलाई नेपालको विद्यार्थी अधिकार र लोकतान्त्रिक चेतनाको प्रारम्भिक आधारशिला मानिन्छ।

शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन क्रमशः राणा शासनविरुद्धको राजनीतिक अभियानमा रूपान्तरण भएको थियो। आन्दोलन दबाउन राणा सरकारले विद्यार्थीहरूलाई तीनधारा पाठशालाबाट निष्कासन गरी उपत्यकाबाहिर पठाए पनि त्यसले आन्दोलनलाई झन् व्यापक बनाएको थियो।

देशका विभिन्न भाग हुँदै आन्दोलनकारी विद्यार्थी भारतको बनारस पुगेका थिए। त्यहाँ उनीहरूले प्रजातान्त्रिक आन्दोलनका अगुवा बिपी कोइराला लगायत नेताहरूसँग सहकार्य गर्दै राणा शासन अन्त्यको अभियानलाई थप सशक्त बनाएका थिए।

जयतु संस्कृतम् आन्दोलनका अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतका विद्यार्थी नेताहरूले शिक्षा, स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

आन्दोलनको स्वर्ण जयन्तीका अवसरमा वि.सं. २०५५ मा ‘जयतु संस्कृतम्’ संस्थागत रूपमा दर्ता भएपछि प्रत्येक वर्ष असार १ गते औपचारिक रूपमा दिवस मनाउन थालिएको हो।

यस वर्षको दिवसका अवसरमा दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छा अर्पण तथा विश्वशान्तिको कामनासहित स्वस्तिवाचन कार्यक्रम आयोजना गरिएको छ। त्यसपछि प्रभातफेरीसहित रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कुल)मा औपचारिक समारोह आयोजना गरिने कार्यक्रम छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending