Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

खबरडबली संवाददाता

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तयारी पनि सुरु भएको छ ।

वार्ताको मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विज्ञप्ति जारी गर्दै सम्झौता सम्पन्न भएको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्रुथ सोसलमार्फत सम्झौता भएको पुष्टि गरेका छन् भने इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सहमति भएको बताएका छन् ।

यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका, इरान तथा क्षेत्रीय साझेदारसँग मिलेर यो अवसरलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री शहबाज शरीफका अनुसार लामो वार्तापछि भएको सम्झौताअनुसार दुवै पक्षले लेबनानसहित विभिन्न मोर्चामा चलिरहेका सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने सहमति गरेका छन् ।

सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ भने विश्व व्यापारका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः खुलाउने प्रक्रिया अघि बढेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जी–७ शिखर सम्मेलनमा होर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा खुला राख्ने विषयमा छलफल हुने बताएका छन् ।

वार्ता कसरी अघि बढ्यो ?

इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीका अनुसार कतारी मध्यस्थकर्ताको पहलमा तेहरानमा करिब १४–१५ घण्टा लामो वार्तापछि दुवै पक्षबीच समझदारीपत्र (एमओयू) को मस्यौदामा सहमति जुटाइएको हो ।

उनका अनुसार अन्तिम सम्झौतासम्बन्धी विस्तृत वार्ता आगामी ६० दिनभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । इरानले मुख्य रूपमा आफूहरूमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ ।

रिपोर्टअनुसार कतारको प्रतिनिधिमण्डलको उपस्थितिमा ‘इस्लामाबाद समझदारीपत्र’ को मस्यौदा अन्तिम रूप दिइएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो सम्झौता विश्व शान्ति र स्थायित्वका लागि महत्वपूर्ण हुने बताएका छन् । तर उनले अन्तिम आणविक सम्झौता नभए अमेरिका पुनः सैन्य कारबाहीमा जान सक्ने चेतावनी पनि दिएका छन् ।

अर्कोतर्फ इरानी सरकारी सञ्चारमाध्यमका अनुसार १४ बुँदे समझदारीपत्रको मस्यौदा तयार भए पनि यसको आधिकारिक पुष्टि भने बाँकी छ ।

अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गर्ने तयारीसमेत भइरहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending