Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

खबरडबली संवाददाता

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय विश्लेषणले मनसुनको आगमनमा विलम्ब हुने संकेत दिएको हो।

नेपालमा सामान्यतया जुन १३ लाई मनसुन भित्रिने औसत मिति मानिन्छ। तर यस पटक प्रशान्त महासागरमा विकसित शक्तिशाली मौसमी प्रणाली ‘एल निनो’ सक्रिय रहेकाले दक्षिण एसियाली मनसुनी प्रणाली कमजोर बनेको र त्यसको प्रत्यक्ष असर नेपालमा समेत देखिएको मौसमविद्हरूले बताएका छन्।

स्थानीय वर्षा, तर मनसुन होइन

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको भए पनि यसलाई औपचारिक मनसुनी वर्षा मान्न नसकिने स्पष्ट गरिएको छ।

एल निनो के हो, किन असर गर्छ?

प्रशान्त महासागरको सतहको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ। यस्तो अवस्थामा वायुमण्डलीय चक्र प्रभावित भई दक्षिण एसियाको मनसुन कमजोर हुने र ढिलो प्रवेश गर्ने प्रवृत्ति देखिन्छ।

महाशाखाको ५० वर्ष (सन् १९७२–२०२३) को तथ्यांकले पनि यही कुरा पुष्टि गर्छ। एल निनो सक्रिय वर्षहरूमा नेपालमा मनसुन औसत ५.६४ दिन ढिलो भित्रिने गरेको देखिएको छ।

इतिहासमा कहिले कति ढिलो?

तथ्यांकअनुसार केही वर्षमा मनसुन उल्लेखनीय रूपमा ढिलो भएको देखिन्छ।

  • सन् १९८२ मा सबैभन्दा बढी ढिलाइ: १४ दिन (जुन २७)
  • सन् १९८३ मा: ११ दिन (जुन २४)
  • सन् २००९ मा: १० दिन (जुन २३)
  • सन् २०१९ मा: ७ दिन (जुन २०)
  • सन् १९७२ मा: ५ दिन (जुन १८)

यद्यपि केही वर्षमा एल निनो सक्रिय भए पनि प्रभाव न्यून देखिएको छ। उदाहरणका लागि सन् २००२ र २०१५ मा मात्र २ दिनको ढिलाइ भएको थियो भने सन् १९८७, १९९७ र २०२३ मा करिब १ दिनको मात्र फरक परेको थियो।

कृषि क्षेत्रमा जोखिम

मनसुन ढिलो हुँदा सबैभन्दा बढी असर कृषि क्षेत्रमा पर्ने गर्छ। विशेषगरी धान रोपाइँ प्रभावित हुने भएकाले आकाशे पानीमा निर्भर किसानहरूका लागि यो अवस्था चुनौतीपूर्ण बन्न सक्ने विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार मनसुनी प्रणालीलाई निरन्तर निगरानीमा राखिएको छ र परिस्थितिअनुसार अद्यावधिक सूचना जारी गरिनेछ।

विभागले किसान, जलस्रोत व्यवस्थापन निकाय तथा सर्वसाधारणलाई समयमै सूचना लिएर आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धनगढीबाट बैतडी...

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन, देशभर फैलिन अझै केही दिन लाग्ने

काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागबाट मनसुनी...

राष्ट्रपतिलाई भोटे देखाएर सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...

राहदानी काण्डमा अख्तियारको म्यादपछि आरजुको जवाफ : ‘उपचारमा छु, अहिले आउन सक्दिनँ’

काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...

काठमाडौं महानगरको बजेट : कुन क्षेत्रलाई कति बजेट ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा...

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...

अर्थतन्त्रका ‘गेम चेन्जर’ सम्मानित : निजी क्षेत्रको मनोबल बढाउन २९ अवार्ड

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...

२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...

सात लाख ऋण, दुई महिना मै चुक्ता : टमाटरले लेखेको बाँकेका वीरेन्द्रकाे सफलता कथा

बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending