काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक संघबीच बुधबार भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संघले जनाएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा। विश्व दवाडीका अनुसार आन्दोलनका क्रममा उठाइएका अधिकांश मागमा सरकार सकारात्मक देखिएको छ भने बाँकी विषयमा स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिबीच अन्तिम चरणको छलफल भइरहेको छ।
संघका अनुसार चिकित्सकमाथि आक्रमण गरेको आरोपमा मुख्य अभियुक्त पक्राउ परिसकेका छन्। घटनाका क्रममा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) को पनि सरुवा गरिएको जानकारी दिइएको छ।
हाल वार्ताको मुख्य विषय ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन’ संशोधन र स्वास्थ्य सेवासम्बन्धी विवादको सुनुवाइ गर्ने उपभोक्ता अदालतको अधिकारक्षेत्र रहेको बताइएको छ। चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने तथा स्वास्थ्य सेवासम्बन्धी विवाद समाधान गर्ने कानुनी व्यवस्थामा सुधार हुनुपर्ने माग राख्दै आएको छ।
डा. दवाडीका अनुसार यी विषयमा सहमति जुटे आन्दोलन पनि छिट्टै अन्त्य हुने सम्भावना रहेको छ।
स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा स्वास्थ्यमन्त्री, गृह तथा कानुन मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी छन्।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिकबाहेकका सेवा स्थगित गर्दै आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। अब वार्ताको निष्कर्षले स्वास्थ्य सेवा पुन: नियमित हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: