Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

भेडेटारको नयाँ पहिचान : चिसो हावा मात्रै होइन, अर्ग्यानिक तरकारीको पनि हब

खबरडबली संवाददाता

धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफूल पनि भेडेटारको लोकप्रिय ‘कोसेली’ बनेका छन् ।

साँझपख भेडेटार चोकमा पर्यटकको भीड देखिन्छ । फर्किनुअघि धेरैजसोले रायोको साग, अकबरे खुर्सानी, सिमी, बोडी, आलु र किबीजस्ता स्थानीय उत्पादन किनेर लैजाने गरेका छन् । यसले भेडेटारलाई केवल पर्यटकीय गन्तव्य होइन, स्थानीय कृषि उत्पादनको महत्वपूर्ण बजारका रूपमा समेत स्थापित गरिरहेको छ ।

तराईका सहरहरूमा गर्मी बढ्नासाथ विराटनगर, इटहरी, धरान, झापा, दमक र इनरुवालगायत क्षेत्रबाट दैनिक हजारौँ पर्यटक भेडेटार पुग्ने गर्छन् । समुद्री सतहबाट करिब १,४३० मिटर उचाइमा रहेको भेडेटारको शीतल मौसमले उनीहरूलाई राहत दिन्छ भने स्थानीय उत्पादनले थप आकर्षित गर्छ ।

भेडेटार चोकमा १६ वर्षदेखि तरकारी व्यापार गर्दै आएका दिपेश मगरका अनुसार पछिल्ला वर्षमा पर्यटकको किनमेलको बानी बदलिएको छ। “पहिले घुम्न मात्र आउँथे, अहिले फर्किँदा तरकारी र फलफूल पनि लैजान्छन्,” उनले भने।

स्थानीय किसान बुद्ध राईका अनुसार पहाडी माटो, पानी र मौसमका कारण यहाँ उत्पादन हुने तरकारीको स्वाद र गुणस्तर फरक हुने भएकाले उपभोक्ताले बढी रुचाउने गरेका छन्।

पर्यटकको बढ्दो मागसँगै स्थानीय किसानहरू पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। उत्पादन बढेको छ भने किसानले बजार खोज्दै हिँड्नुपर्ने अवस्था घटेको छ। अहिले पर्यटक नै किसानका उत्पादनका मुख्य ग्राहक बनेका छन्।

होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठका अनुसार भेडेटारमा दैनिक ३० देखि ४० हजार पर्यटक पुग्ने गर्छन् भने बिदा र सप्ताहान्तमा यो संख्या ६० हजारसम्म पुग्छ। यसले होटल, रेष्टुराँ, कृषि बजार, ढुवानी र साना व्यवसायलाई प्रत्यक्ष लाभ पुर्‍याइरहेको छ।

भेडेटार आसपासका पाथीभरा मन्दिर, स्काइ वाक, शङ्खेश्वर महादेव मन्दिर, नमस्ते झरना, चार्ल्स प्वाइन्ट लगायतका गन्तव्यले पनि पर्यटक तानिरहेका छन्।

पर्यटन र कृषिबीचको यही सहकार्यले भेडेटारलाई नयाँ पहिचान दिएको छ। यहाँ पर्यटकले प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै स्थानीय किसानको उत्पादनलाई बजार दिलाइरहेका छन्। चिसो हावासँगै अर्ग्यानिक तरकारीको स्वादले भेडेटारको आकर्षण अझ बलियो बन्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending