लहान। आँपको राजधानी मानिएको लहानमा लाग्ने आँप बजार व्यवस्थित नरहेको समस्या त छ नै । बजार पूर्ण रुपमा विचौलियाहरुको नियनत्रणमा हुनु र मूल्य निर्धारण नहुँदा किसानहरु समस्यामा छन् ।
लहान नगरपालिकादेखि १५ किलोमिटर बरियारपटि गाउँपालिकाबाट आँप बिक्री गर्न आएको कृषक योगेन्द्र यादव भन्न्छन्, ‘यत्रो टाढाबाट गाडी भाडा गरेर आँप बिक्री गर्न आए । हामीबाट ३० रुपियाँ किलो आँप लिएर हाम्रै आगाडि ६० रुपियाँ किलो व्यापारीहरुले बिक्री गरिरहेको छ ।’
भवगानपुर गाउँपालिकाबाट आँप बिक्री गर्न आएका मनोज साहको पनि पीडा योगेन्द्र यादवकै पीडा छ । आँप उत्पादनमा लगाएको लगानी अनुसारको आम्दानी नहुनुले किसान निरास भएको उनले सुनाए।
सिरहा सप्तरीको आँप बिक्री केन्द्र रहेको लहानमा आँप बिक्री गर्ने बजार व्यस्थित नहुनु, शित भण्डार नहुनु, मूल्य निर्धारण नगर्नुजस्ता समस्या किसानले निकै वर्षदेखि भोगिरहेको कृषि सहकारी सिरहाका अध्यक्ष मागैन कामैतले सुनाए। उनी भन्न्छन्, ‘‘असार महिना खेतिपातीको समय आयो । किसानले आफ्नो बगँैंचाबाट टिपेर ल्याएको आँपको उचित मूल्य कहिले पनि पाउन सकेको छैन ।”
लहान नगरपालिका कृषि शाखा वा सरोकारवाला निकायहरुले किसानलाई उत्साहित बनाउने पर्नेमा स्थानीयको जोड छ । लहान नगरपालिका कृषि शाखाका प्रमुख प्रकाश हलुवाइले यसपटक आँपको ब्रान्डिङ गर्ने बजेट नरहेकोले लहानको आँप ब्रन्डिङ गर्न नसेको बताए ।
व्यस्थित हाटबजार कृषि शाखाले गर्ने कुरा नै नभएको उनले प्रष्ट पारे। सिरहामा गोलबजार लहान र मिर्चैयामा आँपको मूल्य फरक फरक हुनु किसानले आँपको उचित मूल्य नपाउनु र विचौलियाको पूर्ण नियन्त्रण रहेको कृषि हाट बजारको व्यवस्थापनमा स्थानीय सरकार चुकिरहेको अर्का कृषक भोरिल यादवले पीडा सुनाए।
सिरहामा गतवर्ष ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको थियो । यस वर्ष बढनु पर्नेमा आँपमा लाग्ने मधुवा रोग प्रकोप रोक्न नसक्दा विगत वर्षकै हाराहारीमा आँप उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र सिरहाका सूचना अधिकारी सुदिप खनालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: