यहाँ राजनीतिकभन्दा बढी कुनै कर्पोरेट सम्मेलन वा विश्वविद्यालयको दीक्षान्त समारोहजस्तो झल्को पाइन्थ्यो। आकर्षक पहिरन, व्यवस्थित प्रस्तुति, मोबाइलमा व्यस्त युवा अनुहार र सामाजिक सञ्जालका लागि तस्वीर खिच्दै गरेका प्रतिनिधिहरूको भीडले महाधिवेशनस्थल भरिएको थियो।
कतिपयले ठट्टै ठट्टामा भने, "चितवनमा त सुकीला–मुकीलाहरूको मेला लागेको छ" सम्म भन्न भ्याए । तर त्यो दृश्य केवल बाहिरी सजावटको कथा मात्र थिएन। त्यो रास्वपाले आफूलाई परम्परागत राजनीतिक संस्कृतिबाट अलग देखाउने प्रयासको पनि एउटा प्रतीक थियो।
महाधिवेशनस्थलमा पुगेका धेरै प्रतिनिधि पुराना दलका कार्यक्रममा देखिने कार्यकर्ता पुस्ताभन्दा फरक देखिन्थे। उनीहरूका कुराकानीमा वैदेशिक अनुभव, उद्यमशीलता, प्रविधि, सुशासन र व्यवस्थापनका विषय बढी सुनिन्थे। पार्टीले आकर्षित गरेको सामाजिक वर्गको झल्को त्यहाँ स्पष्ट देखिन्थ्यो।
यही भीडको केन्द्रमा थिए सभापति रवि लामिछाने। मञ्चमा उभिँदा कार्यकर्ताको नजर उनैतर्फ केन्द्रित हुन्थ्यो। कतिपय प्रतिनिधिका लागि उनी पार्टीका नेता मात्र थिएनन्, पुरानो राजनीतिक संरचनाविरुद्धको आशा पनि थिए।
महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिले थप आकर्षण थप्यो। बालेन र रवि एउटै मञ्चमा देखिँदा कार्यकर्ताबीच उत्साह झन् बढेको थियो। सामाजिक सञ्जालमा तस्वीर खिच्नेहरूको भीड उनीहरू वरिपरि केन्द्रित देखिन्थ्यो। तर महाधिवेशनले एउटा गम्भीर प्रश्न पनि उठाएको छ । के आकर्षक अनुहार, नयाँ ऊर्जा र वैकल्पिक राजनीतिको नाराले मात्र पार्टीलाई दीर्घकालीन शक्ति बनाउन सक्छ?
नेपालको राजनीतिमा धेरैपटक नयाँ अनुहार र नयाँ आशा उदाएका छन्। तर संस्थागत राजनीतिको परीक्षा भने सधैं कठिन हुने गरेको छ। रास्वपाको महाधिवेशनमा देखिएको सुकीला–मुकीला भीडले परिवर्तनको चाहना त देखाएको छ, तर त्यो चाहनालाई स्थायी राजनीतिक शक्तिमा रूपान्तरण गर्ने चुनौती अझै बाँकी छ।
चितवनमा भेला भएका यी नयाँ अनुहारहरूले पुरानो राजनीतिप्रति असन्तुष्टि त व्यक्त गरेका छन्। अब उनीहरूले देखाउनुपर्ने कुरा भनेको वैकल्पिक राजनीतिको व्यवहारिक नमुना हो। आखिर राजनीति अनुहारले होइन, अन्ततः परिणामले मूल्याङ्कन गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...



प्रतिकृया लेख्नुहोस्: