काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।
केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ ।
बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए ।
विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ । ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे।
जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १०:४७
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...



प्रतिकृया लेख्नुहोस्: