Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

खबरडबली संवाददाता

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गरेका छन्।

खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहेका छैनन्, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिएका छन्।

दुई दशकभन्दा लामो समयदेखि पुर्ख्यौली पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बनेका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित छन्। केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दैनिकी अहिले निकै फेरिएको छ। जागिरको सीमित तलब र घेराभन्दा आफ्नै खेतको माटोले बढी सन्तुष्टि दिने महसुस भएपछि उनी शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिकर्ममा होमिएका हुन्। छ वर्षसम्म शिक्षण पेसामा बिताएका उनी अचेल हातमा कृषि औजार लिएर आफ्नै पिरो खुर्सानीको बगानमा व्यस्त भेटिन्छन्।

विसं २०५६ देखि नै आंशिक रूपमा तरकारीखेतीमा जोडिएका श्रेष्ठले विगत २०७२ सालदेखि भने व्यावसायिक रूपमा पिरो खुर्सानीलाई मुख्य प्राथमिकता दिँदै आएका छन्। उनले अहिले झन्डै २५ कट्ठा जग्गामा बुलेट र लामो जातका खुर्सानीहरू लगाएका छन्। ‘पहिले–पहिले यहाँबाट झन्डै २६ किलोमिटर टाढासम्म साइकलमा तरकारी बोकेर बेच्न जानुपर्थ्यो,’ पुराना दिन सम्झिँदै श्रेष्ठ भन्छन्, ‘तर आजकाल त्यस्तो अवस्था छैन, व्यापारीहरू बारीमै आउँछन् र खेतबाटै खुर्सानी तथा तरकारी बिक्री हुन्छ।’

नेपाली बजारमा भारतीय खुर्सानीको ठुलो दबदबा रहे पनि श्रेष्ठको उत्पादनले बजारमा छुट्टै पहिचान बनाएको छ। भारतीय खुर्सानीको तुलनामा रैथाने उत्पादन ताजा र गुणस्तरीय हुने भएकाले उनको खुर्सानीले बजारमा अन्यको भन्दा बढी मूल्य पाउने गरेको छ।

उनले उत्पादन गरेको खुर्सानी चितवनको नारायणगढ, टाँडी, पर्सादेखि राजधानी काठमाडौँसम्म पुग्ने गर्दछ। ‘अरू किसानले यहाँ खासै पिरो खुर्सानी लगाउँदैनन्, त्यसैले मलाई बिक्रीमा कहिल्यै समस्या भएन। कुनै दिन पनि खुर्सानी बिकेन भनेर घरमा थन्क्याएर राख्नुपरेको छैन,’ उनी भन्छन्। गत वर्ष बढी भएर बोटमै पाकेको खुर्सानीलाई सुकाएर रातो बनाई झन्डै एक लाख रुपैयाँको त सुकेको खुर्सानी मात्रै बिक्री गरेको उनले बताए। उनका अनुसार यो १२ महिना नै उत्पादन हुने सदाबहार र खेती गर्न सबैभन्दा सजिलो बाली हो।

खुर्सानीखेतीबाट श्रेष्ठले लोभलाग्दो आम्दानी गरिरहेका छन्। गत वर्ष मात्रै उनले २५ कट्ठा जग्गाबाट २३ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरे। जसमा मल, बीउ, ज्याला लगायतका सबै खर्च कटाएर उनले १२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

कृषिबाट उनले आफ्नो आर्थिक अवस्था मात्र सुधारेका छैनन्, स्थानीय तहमा रोजगारी सिर्जना गरेका छन्। उनको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाइरहेका छन्। श्रेष्ठले वार्षिक रूपमा १० लाख रुपैयाँभन्दा बढी रकम त कामदारको ज्यालामै खर्च गर्ने गरेका छन्। ‘परिवार अनि म आफैँ पनि खेतमा खट्छु र गाउँका अन्य दाजुभाइ, दिदीबहिनीलाई पनि काम दिएको छु। उनीहरूले पनि काम पाएका छन्, मलाई पनि फाइदा भएको छ,’ उनी भन्छन्।

तरकारीखेतीकै कमाइबाट श्रेष्ठले आफ्नो पुर्ख्यौली सम्पत्तिलाई विस्तार गर्दै व्यवसायलाई अझ फराकिलो बनाएका छन्। उनले अहिले कृषकहरूलाई मल–बीउ र परामर्श दिन नवीन एग्रो सेन्टर र राइस एण्ड तोरी मिल सञ्चालन गरिरहेका छन्। आफू मात्र नभई उनले गाउँका अन्य किसानलाई आइपर्ने समस्या र प्राविधिक सहयोग समेत गर्दै आएका छन्। बुवाआमा, श्रीमती र दुई छोरीसहितको उनको ६ जनाको परिवार अहिले यही कृषिकर्मको बलियो जगमा खुसीसाथ टिकेको छ।

स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुने युवा पुस्ताका लागि श्रेष्ठ एक प्रेरणाको स्रोत बनेका छन्। आफ्नै माटोलाई माया गरेर पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी र आत्मसम्मान स्वदेशमै पाउन सकिन्छ भन्ने प्रमाणित गर्दै सही योजना र जाँगर चलाउने हो भने नेपालकै कृषिमा भविष्य निकै उज्यालो छ भन्ने कुरा श्रेष्ठको सफलताले प्रस्ट पार्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending