मियामीमा भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालाई सुरुआती अग्रता कप्तान लियोनेल मेस्सीले दिलाएका थिए। खेलको ३०औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको लामो पास नियन्त्रण गर्दै उनले उत्कृष्ट फिनिसिङमार्फत गोल गरेका हुन्।
दोस्रो हाफमा केप भर्डेले प्रभावशाली पुनरागमन गर्यो। ५९औँ मिनेटमा रायन मेन्डेसको क्रसलाई डेरोय डुआर्टेले जाली चुमाउँदै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि केप भर्डेका गोलरक्षक भोजिन्हाले लगातार उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई दोस्रो गोलबाट रोके भने पिको लोपेसले गोललाइनबाट बल क्लियर गर्दै टोलीलाई खेलमा टिकाइराखे।
निर्धारित ९० मिनेटमा विजेता ननिस्किएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत बल अघि बढाएपछि लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।
तर केप भर्डेले फेरि हार मानेन। सिड्नी लोपेस काब्रालले व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो।
खेलको १११औँ मिनेटमा डिने बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक सावित भयो। त्यसपछि थप गोल नहुँदा अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्यो।
अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै नकआउट चरणमा स्थान बनाएको हो।
यस खेलसँगै ३९ वर्ष ९ दिनका लियोनेल मेस्सी विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका दक्षिण अमेरिकी खेलाडी बनेका छन्। उनले उरुग्वेका ओब्दुलियो भारेलाले सन् १९५४ मा बनाएको कीर्तिमान तोडे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: