हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । दुई दिनमा लाप्चा पुगेर सदरमुकाम सिमकोट फर्किन सकिने भएकाले बिदाको समयमा त्यहाँ जाने पर्यटक बढेका हुन् ।
सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेसँगै लगातार दुई दिनको बिदा हुँदा लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । गत जेठ महिनाको अन्तिमदेखि लाप्चा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको हो ।
सामान्य समयमा पनि पर्यटक जाने गरे पनि दुई दिनको लगातार बिदाका कारण विशेषगरी कर्मचारीहरू बढी संख्यामा लाप्चा पुग्न थालेको उहाँको भनाइ छ । दुई दिनमा लाप्चा पुगेर मानसरोवर–कैलाशको दर्शन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको चाप बढ्दै गएको उनले बताए।
विशेषगरी शनिबार सिमकोटबाट आठ–दस वटा बोलेरो जिप लाप्चातर्फ प्रस्थान गर्ने गरेका छन् । दुई दिनको बिदा सदुपयोग गर्दै घुमफिर तथा मनोरञ्जनका लागि पर्यटकलाई सहज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल हिमाल रोकायाले बताए। उहाँ शनिबार आफ्ना सात जनाको समूहसहित लाप्चातर्फ प्रस्थान गरेको थिए।
लाप्चा यात्राका क्रममा पहिलो दिन टाक्ची वा तुम्लिङमा बास बस्ने र दोस्रो दिन बिहान करिब साढे दुई घण्टाको यात्रा गरेर लाप्चा पुगेर मानसरोवर–कैलाशको दर्शन गरी सोही दिन सिमकोट फर्किन सकिन्छ । ती स्थानमा बास बस्ने होटलहरू उपलब्ध भएकाले यात्रा सहज भएको छ । यसअघि चौरी गोठमा बास बस्नुपर्ने अवस्था हटेको स्थानीयले बताएका छन् ।
लाप्चा पुग्ने पर्यटकमा भारतबाट पैदल मार्ग हुँदै आउने भारतीय पर्यटकसँगै नेपालका काठमाडौँ, पोखरा, चितवन र विराटनगरलगायत स्थानबाट आउने आन्तरिक पर्यटक पनि रहेका छन् । यद्यपि हालसम्म लाप्चा पुग्ने पर्यटकको आधिकारिक तथ्याङ्क राखिएको छैन । तथापि, पछिल्लो समय आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकको संख्या बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...
श्रावण ३ गते, २०८३ - १५:०३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बत...
श्रावण ३ गते, २०८३ - १४:४०
काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...
श्रावण ३ गते, २०८३ - १३:४१
जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...
श्रावण ३ गते, २०८३ - १२:४३
खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...
श्रावण ३ गते, २०८३ - १२:१४
काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...
श्रावण ३ गते, २०८३ - १०:२१
चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । नारायण...
श्रावण ३ गते, २०८३ - १०:०७
भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...



प्रतिकृया लेख्नुहोस्: