Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

खबरडबली संवाददाता

प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँपालिका–६ दमारका हुमलाल पाण्डेका लागि केराखेती घरमै बसेर राम्रो आम्दानी गर्ने माध्यम बनेको छ ।

“अहिले बारीमा करिब पाँच सय बोट केरा छन्,” उनले भने, “केराखेतीबाट वार्षिक पाँच लाख रुपियाँभन्दा बढी आम्दानी हुन्छ ।” उनका अनुसार गोडमेल, मल व्यवस्थापन, सिँचाइ तथा अन्य कामका लागि वार्षिक करिब ५० हजार रुपियाँ खर्च हुने गरेको छ ।

पाण्डेले केराखेतीबाटै परिवारको खर्च धान्दै आएको छन् । “माटो परीक्षण गरेर सुरुमा ३० वटा बिरुवा रोपेको थिएँ,” उनले भने, “उत्पादन राम्रो भएपछि मकै र तोरी फल्ने बारीमा पनि केरा विस्तार गरेँ ।”

सुरुमा गाउँलेहरूले केराखेती सफल नहुने भन्दै विश्वास नगरे पनि अहिले गाउँका अन्य किसानले पनि केरा खेती सुरु गरेका छन् ।

६४ वर्षीय पाण्डेको अधिकांश समय खेतबारीमै बित्छ । उनी बिहान ५ देखि राति १० बजेसम्म खेतीपातीमा व्यस्त रहने बताउछन्। खेतीपातीमा उनलाई श्रीमती ५९ वर्षीया ददी पाण्डेले पनि साथ दिँदै आएको छन्।

हाल उनले घरबाटै प्रतिदर्जन काँचो केरा १३० रुपियाँमा बिक्री गर्दै आएको छन् । “हामीले सस्तो मूल्यमै बिक्री गरिरहेका छौँ,” उनले भने, “प्युठानका विभिन्न बजारमा केरा पठाउने गरेको छु ।”

केराखेतीबाट भएको आम्दानीले उनले एक छोरालाई स्नातकोत्तरसम्म अध्ययन गराएको छन्। अहिले उनले केरासँगै कागती, अम्बा, लिची, बयर र आँपलगायत फलफूल खेती पनि विस्तार गरेको छन् ।

पाण्डेका अनुसार उनको फर्मले हालसम्म ऐरावती गाउँपालिकाबाट दुई लाख रुपियाँ र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयबाट एक लाख रुपियाँ अनुदान प्राप्त गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेसबुकमा समस्या

काठमाडौं । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर संस्करणमा अस्थायी प्राविधिक समस्या देखिएको छ। समस्या आएपछि धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक ख...

ज्येष्ठ नागरिकका लागि नि:शुल्क आयुर्वेद फार्मेसी सञ्चालन

जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक...

खोटाङमा बाढीले बगाउँदा दुईको मृत्यु

खोटाङ। बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खोला खोल्सामा आएको बाढीले बगाएर नेर्पामा एक महिला र बाक्सिलामा एक वृद्ध...

झलनाथ खनालको चेतावनी : कुर्सी मोहका लागि दक्षिणपन्थीसँग अपवित्र साँठगाँठ नगरौं

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र केही नेताहरू व्यक्तिगत स्वार्थ र पदको लोभमा दक्षिणपन्थी शक्तिहरूसँग ‘अपव...

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।  नारायण...

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाह...

साइकललाई ठक्कर दिएर भागेको कारले अटो र बाइकलाई ठोक्काउँदा १३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ चन्द्रौटामा साइकललाई ठक्कर दिएपछि फरार हुने प्रयास गरेको कारले थप दुईवटा अटो र एउटा मोटरसाइकललाई ठक्कर दिँद...

श्रम शोषण भएको भन्दै माइतीघरमा चिकित्सकहरूको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै काठमाडौंको माइतीघरमा...

पोखरामा शृङ्खलाबद्ध चोरीमा विदेशी नागरिकसहित नौ जना पक्राउ

लेखनाथ । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा विदेशी नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ ...

नागढुङ्गा सुरुङमार्ग साउन ११ गते उद्घाटन हुँदै, तीन महिना परीक्षण सञ्चालन गरिने

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारीमा रहेको सुरुङमार्ग उद्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending