काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्।
मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनाप्रति प्रतिक्रिया दिँदै शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहमाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले गणेश नेपालीको आत्मदाहलाई नागरिक निराशा र आक्रोशको प्रतिनिधि घटनाका रूपमा व्याख्या गरेका छन्।
‘नागरिक फ्रस्टेसनको प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह। हामी पुराना गएर नयाँ आएपछि पनि समाजमा होप किन सिर्जना हुन सकिरहेको छैन, यसबारे गहिरो दृष्टिले सोच्न जरुरी छ,’ शर्माले भनेका छन्।
उनले प्रधानमन्त्री शाहलाई समाजमा बढ्दो निराशाप्रति गम्भीर बन्न आग्रह गर्दै भनेका छन्, ‘समाजमा आशा मर्यो भने विश्वास जीवित रहँदैन।’
शर्माले यसअघि प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै छोटो समयमै फेरि यस्ता घटना दोहोरिनुको कारणबारे प्रश्न गरेका छन्।
उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘सबै ठिकठाक भइरहेको छ भन्ने हो भने, हिजो शीर्ष नेतृत्वले सोचेको परिणाम किन नकारात्मक निस्कियो ? रास्वपा सभापतिज्यू, के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...
आषाढ़ २६ गते, २०८३ - १४:५१
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...
आषाढ़ २६ गते, २०८३ - १४:२९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...
आषाढ़ २६ गते, २०८३ - १४:२०
काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...
आषाढ़ २६ गते, २०८३ - १४:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...
आषाढ़ २६ गते, २०८३ - १३:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...
आषाढ़ २६ गते, २०८३ - १३:५२
काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...



प्रतिकृया लेख्नुहोस्: