Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ।

अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जारी गरेको पत्रअनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामा वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागितामार्फत सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेको भन्दै यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको हो।

अभियानअन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गरिनेछ। सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

स्थानीय तहले वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजननस्थल खोजी र नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वय र नियमित अन्तरक्रियालाई पनि प्राथमिकता दिइएको छ।

मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कसप, टायर तथा कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन र पानी जम्ने अन्य स्थानको नियमित अनुगमन गरी पानीको निकास तथा व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा अन्य स्थानीय माध्यममार्फत डेङ्गु को जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने विधिसहित स्वास्थ्य शिक्षा सामग्री वितरण र व्यापक प्रचारप्रसारसमेत गरिने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेका रेडियो जिङ्गल तथा अन्य सन्देश स्थानीय एफएम र रेडियोमार्फत नियमित प्रसारण गरिनेछ। स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई समुदायमा स्वयंसेवकका रूपमा परिचालन गरी डेङ्गु  नियन्त्रणका गतिविधिमा सहभागी गराइने भएको छ।

विद्यालयमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरीजबाफ तथा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

होटल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्ड तथा अन्य सञ्चार माध्यमबाट डेङ्गुसम्बन्धी जनचेतना फैलाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको तथा आँखाको वरिपरि दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता डेङ्गुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा नि:शुल्क १११५ हेल्थ हेल्पलाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending